वर्षा र बाढीबाट भारतमा मृत्यृ हुनेको संख्या २२ पुग्यो
३१ असोज, कावासोती।। भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ ।
बाढीमा परेर आज बिहानसम्म १८ जनाको ज्यान गएको थियो । हराइरहेका केही व्यक्तिको शव आइतबार अपराह्न भेटिएको थियो । त्यसपछि सो संख्या बढेर २२ पुगेको बताइएको हो ।
यहाँका सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् ।
यहाँ आइतबार बिहानसम्म पनि बर्षा जारी रहेको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् ।
मौसम विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि बर्षा कायमै रहने बताएका छन् । बर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ । एजेन्सी।।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको