कांग्रेस प्रदेश सभा अधिवेशन आज: सभापतिका लागि पाँच हजार शुल्क
मंसिर ३, काठमाडौं ।। आज शुक्रबारदेखि सुरू हुने प्रदेश सभा अधिवेशनको सभापति उम्मेद्वारका लागि पाँच हजार शुल्क बुझाउनु पर्ने भएको छ। केही जिल्लाबाहेक मुलुकभरका ३३० वटा प्रदेश सभापति उम्मेद्वारका लागि ५ हजार शुल्क तोकेको हो।
‘आजबाट प्रदेश सभा अधिवेशन सुरू भएको छ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सर्लाहीलगायत केही जिल्लामा विवाद देखापरे पनि नेतृत्वले ३३० वटै प्रदेश सभा अधिवेशन गर्ने योजना बनाएको छ।’
उनका अनुसार सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई र १६ प्रदेशस्तरीय कार्यसमितिका लागि उम्मेद्वारी दिनेछन्।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार उपसभापति र सचिवका लागि तीन तीन हजार, सहसचिव दुई हजार ५०० र सदस्य पदका लागि दुई हजार शुल्क तिरेपछि मात्रै उम्मेद्वारी दर्ता गराउन पाइनेछ।
करिब २७ सदस्सीय कार्यसमिति रहने प्रदेश सभा स्तरका समितिका लागि कोषाध्यक्ष भने निर्वाचित सभापतिले मनोनित गर्नेछन्।
१६ जना निर्वाचित कार्यसमिति सदस्य चयन हुने प्रदेश सभाको पूर्णता भने नवनिर्वाचित सभापतिले कुल संख्याको २० प्रतिशत अर्थात कम्तिमा चार सदस्यलाई मनोनीत गर्ने अधिकार दिएको छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको