देवचुलीमा नेतृत्व तथा सस्थागत विकास तालिम शुरु

माधव सुवेदी-चैत्र १७,देवचुली —

व्यवसाय कृर्षि पर्यटन र पुर्वाधार वालमैत्रि देवचुली वस्न योग्य सहर भन्ने मुल नारा सहित नेतृत्व तथा सस्थागत विकास तालिम धुसेरी सामुदायीक वन देवचुली १६ को सभाहलमा सञ्चालन भएको छ । यहि चैत्र १७ गते मङ्गलवार देखी सुरु भएको कार्यक्रम चैत्र २० गते समापन हुनेछ । ​देवचुली १६ का वडाध्यक्ष केशर वहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  सामाजिक विकास समितीका संयोजक तथा देवचुली १७ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यकोे प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जागृति वाल तथा युवा सरोकार नेपालका महासचिव दिपक सर्मा,स्थानिय समाजसेवी वुद्धिजिवी सरोकारवाला पत्रकार लगाएतकाको उपस्थिती रहेको थियो । प्रशिक्षणका क्रममा जागृति वालक्लव तथा युवा सरोकार नेपालका महासचिव सर्माले महिला विकासको परिचय लक्ष्य तथा उदेस्यका विषयमा प्रकास पार्दै महिला नेतृत्व किन ,कसरी, कत्तिको आवस्यक र महत्वपुर्ण छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । देवचुली नगर कार्यपालीकाको संयोजनमा सञ्चालित कार्यक्रमको सहजीकरण देवचुली नगरपालीका सामाजिक शाखा प्रमुख विमला लम्सालले गर्नुभएको थियो ।