पूर्व प्रेमिकालाई अपहरण गरी अनुहारमा बनाइदिए आफ्नो नामको ट्याटु

ब्राजिलका एक व्यक्तिले पूर्व प्रेमिकालाई अपहरण गरेर च्यापुमा आफ्नो नामको ट्याटु बनाइदिएका छन् । उनले यसो गरेर पूर्व प्रेमिकामाथि ब्रेकअपको बदला लिएका थिए ।
१८ वर्षकी तयाने काल्दास ब्राजिलको राज्य साओ पाउलोमा अघिल्लो शुक्रबार स्कूल जाँदै थिइन् । त्यतिबेला उनको भेट पूर्व प्रेमी गेब्रियल कोइल्होसँग भयो । उनले तयानेलाई जबर्जस्ती कारमा राखे । नमान्दा आक्रमण गर्ने हो कि भन्ने डरले उनी थपक्क कारमा बसिन् । त्यसपछि उनलाई पूर्व प्रेमीको घरमा लगियो । त्यहाँ उनका २० वर्षका पूर्व प्रेमीले तयानेको दाहिने कानदेखि मुन्तिर चिउँडोसम्म आउने गरी आफ्नो पूरा नामको ट्याटु बनाइदिए । …

अमेरिकाको एक अस्पतालका ११ नर्स एकसाथ गर्भवती, अस्पतालको पानीमा केही मिसिएको भन्दै ठट्टा

अमेरिकाको मिजौरी राज्यको एक अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मी एकैसाथ गर्भवती भएका छन् । मिजौरीको लिबर्टी अस्पतालका १० नर्स र १ डाक्टर एकै पटक गर्भवती भएका हुन् ।

अझ दुई जना नर्सको डेलिभरी मिति एकै दिन परेको छ । थप अर्को संयोग के देखिएको छ भने गर्भवती भएकामध्ये अधिकाशं स्वस्थ्यकर्मी प्रसूती, श्रम र सुत्केरी विभागमा काम गर्छन् ।

ती स्वास्थ्यकर्मीले जुलाईदेखि नोभेम्बरका बीच बच्चा जन्माउनेछन् । एकै विभागका यति धेरै स्वास्थ्यकर्मी गर्भवती भएपछि मानिसहरुले ठट्टा गर्दै अस्पतालको पानीमै केही मिसिएकाले नखान सल्लाह दिन थालेका छन् ।

‘एक जना नर्सले त साच्चै छुट्टै पानीको …

मालिकसँग हरेक जुम लेक्चरमा उपस्थित बिरालोलाई युनिभर्सिटीको बधाई

अमेरिकाको एक विश्वविद्यालयले आफ्नो मालिकसँग जुम कक्षाको हरेक लेक्चरमा भाग लिएको बिरालोलाई बधाई दिएको छ । महामारीका कारण फ्रान्सेस्का बोर्डियरले  कलेजको अधिकांश समय घरबाटै जुम कक्षा लिएकी थिइन् । 
‘म धेरैजसो समय मेरो अपार्टमेन्टमा थिएँ र मेरो छेउमा मेरो बिरालो (सुकी) हुन्थिन । जब म मेरो जुम लेक्चरमा हुन्थे, उनी पनि नजिकै आएर सुन्थिन  । उनी मेरो ल्यापटपको छेउमै बस्थिन’, बोर्डियरले भनिन् ।
स्नातक हाँसिल गर्नमा आफू एक्लै नभएकोमा खुसी व्यक्त गर्दै उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मेरो बिरालोले मसँग भएको हरेक जुम लेक्चरमा भाग लिन्थिन् त्यसैले हामी दुवैले अस्टिनको टेक्सास विश्वविद्यालयबाट सँगै …

८३ वर्षीय जापानी नागरिकले एक्लै डुङ्गाबाट पार गरे प्रशान्त महासागर

जापानका ८३ वर्षीय केनिची होरीले शनिबार नयाँ कीर्तिमान बनाएका छन् । उनले आफ्नो यट (डुङ्गा) मा एक्लै र बीचमा नरोकी प्रशान्त महासागरमा पार गर्ने सबैभन्दा वृद्धि व्यक्तिको कीर्तिमान बनाएका हुन् । 

होरी गत मार्च २७ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोबाट आफ्नो ६ मिटर लामो यट ‘सन्टोरी मरमेड थ्री’मा यात्रा सुरु गरेका थिए । ​केनिचीले ७० दिनमा ८५०० किमी दुरी यात्रा तय गरेर शनिबार बिहान अर्थात जुन ४ मा पश्चिम जापानको की तटमा ओर्लिए । 

 

होरीले पछिल्लो यात्रा त्यति सहज नभएको र यात्राको पछिल्लो तीन दिन समुन्द्र छालले दुःख दिएको बताए । परिवारका सदस्य …

‘श्रीमान्‌काे हत्या कसरी गर्ने ?’ भन्ने किताबकी लेखिका अहिले श्रीमान्‌काे हत्यामा दोषी ठहर

एजेन्सी । ‘तपाईको श्रीमान्‍को हत्या कसरी गर्ने (हाउ टु मर्डर योर हसबेन्ड)’ लेख्ने न्यान्सी ब्रोफीलाई बुधबार पोर्टल्याण्डको अदालतले उनको श्रीमानको हत्याको लागि दोषी ठहर गरेको छ । सजाय सुनाइँदा ७१ वर्षीया ब्रोफी प्रतिक्रियाविहिन रुपमा मौन बसेकी थिइन् । 
वादी पक्षका वकिलले न्यान्सी ब्रोफीले उनको श्रीमानको हत्या गर्न महिनौँदेखि तयारी गरिरहेको आरोप लगाएका थिए। वकिलले ब्रोफीले सन् २०१८ जुन २ मा भएको उनको श्रीमान् ड्यानियल ब्रोफीको हत्याको केही महिनाअघि बन्दुकको पार्टपुर्जा किनेको प्रमाण पेस गरेका थिए। 
न्यान्सीले हत्याका गोली उनकै बन्दुकबाट हानिएको नचिनाउने विशेष पार्टपुर्जा पनि किनेको वकिलहरूले दाबी गरे । ​ब्रोफीले भने …

महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल !

एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु चापिङलाई आक्रमण गरेपछि भेडालाई प्रहरी हिरासतमा लिइएको थियो ।
भेडाले चापिङलाई बारम्बार टाउकोमा हानेर उनको करङ भाँचिएको थियो । गम्भीर चोटका कारण ४५ वर्षीया महिलाको तत्काल मृत्यु भएको थियो । रुम्बेक इस्टको अक्ुुयुल योलमा भएको सो घटनापछि भेडालाई पक्राउ गरी प्रहरी चौकीमा राखिएको थियो । मेजर एलियाह माबोरले भने, ‘मालिक निर्दोष छन र अपराध गर्ने भेडा नै हो, तसर्थ यो …

आफैँसँग विवाह गर्ने क्षमा को हुन् र यस्तो किन गरिरहेकी छिन् ?

सोलोगामी, एउटा यस्तो विवाह हो जसमा एक व्यक्तिले आफैंसँग विवाह गर्ने गर्छन् । पछिल्ला केही वर्षमा यो प्रचलन पश्चिमी देशहरूमा तीव्र गतिमा बढेको भए पनि अहिले भारतमा पनि पुगेको छ ।
जुन ११ मा भारतमा यस्तै एउटा विवाह हुनेछ । क्षमा बिन्दुले जुन ११ मा गुजरातको वडोदरा सहरको एक मन्दिरमा पूर्ण हिन्दू रितीरिवाजका साथ विवाह गर्दैछिन् ।
मैले उनीसँग कुरा गर्दा उनी घरमै थिइन् । उनले फोनमा जुन ११ मा रातो पहिरन लगाउने, हातमा मेहन्दी लगाउने र रातो सिन्दुरले आफ्नो सिन्दुर भर्ने बताइन् । । अग्निलाई साक्षी राखेर उनले सात फेरा पनि …

मानिसले प्रयोग गर्ने किटनासकले साङ्लो प्रजनन प्रक्रिया नै बदलिन थाल्यो : अध्ययन

जब एउटा भाले साङ्लोले पोथी साङ्लोसँग मिलन गर्न चाहन्छ, उसले आफ्नो नितम्बलाई पोथीतर्फ फर्काउँछ, आफ्नो पखेटा खोल्छ । त्यसपछि उसको शरीरबाट विशेष खाद्यान्न निस्किन्छः चिनी र बोसोमिश्रित यो खाद्यान्न भालेको ग्रन्थीबाट निस्कन्छ । 
पोथीले जब चीन र बोसोको मिश्रण खान थाल्छे तब भालेको एउटा लिंगले उसलाई अठ्याउँछ र अर्को लिंगले पोथीको ज्ञानेन्द्रीय विर्य दान गर्दछ ।  सबै कुरा सहज रूपमा सम्पन्न भयो भने साङ्लोको संसर्ग लगभग ९० मिनेट लामो हुन्छ । तर पछिल्लो समय साङ्लोको यौन क्रिया बदलिँदै गएको देखिन्छ । यसको सम्बन्ध साङ्लोमा मानिसले प्रयोग गर्ने किटनाशक औषधीसँग रहेको छ …

हत्याको सबुत प्रमाण बाँदरले चोरेपछी ।

कुनै पनि घटनाका सबुत प्रमाणलाई अदालतमा पेस गरुन्जेल सुरक्षित राख्ने काम प्रहरीको हो । तर भारतको राजस्थानका जयपुरस्थित एक तल्लो अदालतमा चलिरहेको हत्यासम्बन्धी एक मुद्दामा सबै सबुत प्रमाण बाँदरले चोरेको जिकिर प्रहरीले गरेको छ ।
सन् २०१६ मा भएको एक युवकको हत्यामा प्रयोग भएको चक्कुलगायतका सबुत प्रमाण बाँदरले लगेको दाबी प्रहरीले गरेको छ ।
उक्त हत्याको मुद्दामा भएको पछिल्लो सुनुवाइका क्रममा अदालतले हत्याका घटनाका सबुत प्रमाण पेस गर्न प्रहरीलाई आदेश दिएको थियो ।
तर इजलास समक्ष पुलिसले सबुत प्रमाण पेस गर्न सकेन । हत्यासँग सम्बन्धित सबुत प्रमाण बाँदरले चोरेको हुँदा आफूसँग नभएको प्रहरीले …

ढल्यो वैज्ञानिक न्युटनको स्याउको रूख

रूखबाट खसेको फल उडेर आकाशतिर जाँदैन। हावामा तैरिएर पनि बस्दैन। त्यो खसेर भुइँमै झर्छ।
उचाइबाट झर्नेहरू भुइँमा पछारिनु प्रकृतिको नियम हो। वैज्ञानिक सर आइज्याक न्युटनले प्रकृतिको यही नियमका आधारमा गुरूत्वाकर्षणको सिद्धान्त प्रतिपादन गरे।
विज्ञानले कथा-किम्बदन्ती भन्दैन। विज्ञान सत्यमा आधारित हुन्छ। तर भौतिक विज्ञानमा एउटा यस्तो किम्बदन्ती छ जुन संसारभरका विद्यार्थीले पढ्छन् र विश्वास गर्छन्।
यो किम्बदन्ती सर आइज्याक न्युटन र उनले प्रतिपादन गरेको गुरूत्वाकर्षण सिद्धान्तसँग सम्बन्धित छ।
किम्बदन्ती यस्तो छ- एक दिन आइज्याक न्युटन आफ्नो बगैंचामा डुलिरहेका थिए। त्यही बेला उनले रूखबाट स्याउ खस्दै गरेको देखे। यसरी रूखबाट स्याउ खस्नु सामान्यभन्दा पनि अतिसामान्य दृश्य थियो। संसारमा स्याउ खसेको …

बिहान उठ्नासाथ गरिने यी कार्यले तपाइँकाे दिनकाे सुरूवात राम्राे हुनेछ ।

हरेक विहानीले दिउँसाेको संकेत गर्दछ । सुन्दर जीवनलाई सफल बनाउनु हाम्रो दायित्व हो । हाम्राे जीवनमा अनेक उतारचढाव आउँछन् । तर ती उतारचढावलाई व्यवस्थापन गर्दै सन्तुलित रूपमा दिनहरू बिताउने प्रयास गर्याैँ भने, जीवन सुन्दर बन्छ ।
-बिहान छिट्टै उठ्ने बानी बसाल्नुहाेस् । बिहान छिट्टै उठ्ने गर्नाले शरीरमा अल्छीपन आउँदैन । बिहान छिट्टै उठेर शारीरिक व्यायम गर्ने गर्नाले शरीर स्फूर्त रहन्छ । बिहान छिट्टै उठ्ने बानीले हामीले सबै कामहरू गर्ने समय मिल्छ र काम गर्न पनि जाँगर चल्दछ ।
-खाली पेटमा पानी पिउने गर्नुहाेस् । तपाइ बिहानै उठेर केही पनि नखाइ खाली पेटमा …

भङ्गेरा कामुक चरा : याैन उत्तेजना बढाउने अचुक ओखती भगेराको गिदी ।

महान नाटककार सेक्सपियरले भङ्गेरालाई यौन कार्यसँग जोडेका छन् । भङ्गेरा त्यस्तो प्राणी हो जसले दैनिक तीन सय पटकभन्दा बढी यौन सम्पर्क गर्छ ।
मान्छेको वस्तीसँगै रहने चञ्चले सानो चरा भङ्गेरामा आखिर त्यस्तो के शक्ति छ ?
वैज्ञानिकहरुले यसबारे अनुसन्धान नगरेका होइनन् । यौन उत्तेजना बढाउन भङ्गेरा खाने चलन अझै छ । भङ्गेरा खाँदा यौन उत्तेजना बढ्ने सोच राख्नेहरु परापूर्व काल देखि नै थिए ।
जडिबुटिका ज्ञाता निकोलस कुलपिपरले भङ्गेराको गिदीले यौन बढाउने उल्लेख गरेका छन् । उनको तर्कलाई आधार मान्दा भङ्गेराको टाउको खानाले यौन बढाउँछ । विगत देखि नै यौन बढाउन भङ्गेराको …

कुन अंग फर्फराउँदा के हुन्छ ?

हिन्दू शास्त्रमा विभिन्न अंग फर्फराउँदा हुने घटनाबारे लेखिएको छ । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग फर्फराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ ।
समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको छ । शरीरका अंग फर्फराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाबारे संकेत गर्छ । वर्तमान समयमा यी कुरा विश्वास गर्न निकै कठिन हुने भए पनि यसलाई पुरै बेवास्ता गर्न सकिन्न । थाहा …

ज्याकलिनको १० करोड सम्पत्ति जफतको तयारी

 
एजेन्सी
काठमाडौं, ९ पुस, 
महाठग सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाम आउनासाथ पुनः चर्चामा आएकी छन् । किनकी सुकेशले ज्याकलिनमाथि करोडौं रुपैयाँ खर्च गरेका छन् । अहिले यो मामलाको जाँच एनफोर्समेन्ट डायरेक्टरेट गरिरहेको छ ।
सुकेश मनी लन्ड्रिङ मामलामा दुई सय करोड रुपैयाँको हो । सुकेशले ज्याकलिनलाई करोडौंको उपहार दिएकाले अब इडीले उनले पाएको करिब १० करोड बराबरको सम्पति जफत गर्ने तयारी गरिरहेको छ ।
ज्याकलिनले सुकेशबाट डिसेम्बर २०२० देखि अगस्ट २०२१ बीचमा करिब १० करोड रुपैयाँभन्दा बढी उपहार पाएकी थिइन् । सुकेशले ज्याकलिनलाई दुई जोडी डायमण्ड इयररिङ, दुई ब्रासलेट, लुईस बटनको …

दाँत माझ्दा हामीले गर्ने गल्ती, ठीकसँग माझ्न ध्यान दिनुपर्ने ६ कुरा

हामी सबैलाई थाहा भएकै कुरा हो, दाँत स्वस्थ राख्न माझ्नुपर्छ। तर पनि दाँतमा कीरा लागिरहेको हुन्छ। अरू समस्या पनि आउँछ। कतिले त निकालेरै फाल्नुपर्छ।
किन होला त? 
किनकी हामीमध्ये धेरैले दाँत माझ्दा गल्ती गरिरहेका हुन्छौं। दाँत स्वस्थ राख्न कसरी माझ्नुपर्छ भन्ने जानेकै छैनौं। 
सानोदेखि नै गर्दै आएको काम पनि सिकाउनुपर्छ र भन्नु होला! दाँत माझ्ने पनि नियम हुन्छ र भन्ने पनि लाग्ला! तर संसारका धेरै देशमा भएका अनुसन्धानले अधिकांश मान्छेले गलत तरिकाले दाँत माझिरहेको देखाएका छन्। त्यसैले अहिले पनि अध्येताहरू हामीलाई दाँत माझ्ने तरिका सुझाइरहेका हुन्छन्। 
दाँतमा समस्या आउने भनेको त्यहाँ जम्मा हुने फोहोरले हो। फोहोर भन्नाले ब्याक्टेरिया, …

अर्को लहरको सङ्घारमा छौँ, भोजभतेर–सभा सम्मेलनबाट टाढै बसौँ

बितेका केही दिनदेखि देखिन थालेका कोभिड–१९ सङ्क्रमित बिरामीका सङ्ख्या र स्थिति देख्दा हामी कोरोना भाइरस सङ्क्रमणको अर्को लहरको सङ्घारमा उभिएका छौँ जस्तो देखिन्छ । ‘ओमिक्रोन’ भेरियन्ट देखा नपर्दै पनि डेल्टा भेरियन्टले पनि हिउँदमा फेरि अर्को लहर आउने सम्भावना थियो । 
उच्च जोखिम समूहका व्यक्तिमा खोप वा सङ्क्रमणका कारण बनेको प्रतिरोधी क्षमता घट्दै जाने कारण हिउँदयाममा पहिलेको भन्दा अलि सानो भए पनि अर्को लहर चल्ने सम्भावना थियो । तर ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन् चाँडो आउने र डेल्टाको कारण सम्भावना रहेको भन्दा ठूलो हुने निश्चित जस्तै भएको छ । ओमिक्रोनको कारण …

सामाजिक सञ्जाल प्रयोग गर्दा कसरी सुरक्षित रहने?

इन्टरनेट प्रयोग गर्दा तथा सामाजिक सञ्जालमा गोपनियता अपनाउन के कस्ता सुरक्षाका उपायहरु अपनाउन आवश्यक छ? अहिले धेरैले फेसबुक, ट्वीटर, टिकटक, युट्युवजस्ता सामाजिक सञ्जलामा अधिकांश समय बिताइरहेका छन् । यसकारण त्यस्ता सामाजिक सञ्जाल कसरी सुरक्षित रूपमा चलाउने भन्ने विषय हाम्रा लागि महत्वपूर्ण हन्छ । किनभने सामाजिक सञ्जालसँग तपाईंको परिचयसमेत जोडिएको हुन्छ । 
यदि कसैले तपाईंको सामाजिक सञ्जालमा पहुँच पाएको खण्डमा त्यसले तपाईंको जीवनमा पार्नसक्ने क्षतिको आँकलन गर्न जरूरी छ । यसैबीच दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल प्रयोग गर्दा कसरी सुरक्षित रहने भन्ने विषयमा जानकारी दिएको छ ।
कसरी सुरक्षित …

कुन थरको के गोत्र हुन्छ ? आफ्नो थर अनुसार आफैले थाहाँ पाउनुहोस ।

गोत्रका विषयमा धेरैलाई थाहा नहुन सक्छ । नेपाली समाजमा अधिकांशले हिन्धु धर्म मान्दै आएकाले पनि गोत्र महत्वपूर्ण विषय हो । जस्तो कि सहगोत्रसँग विहे गर्न मिल्छ कि मिल्दैन ? कुन गोत्रसँग मितेरी गाँस्ने, कुन–कुन गोत्र कुन जाति अन्तर्गत पर्दछन् ? आदि विषय तपाईंका लागि रूचिका विषय बन्न सक्छन् ।

विभिन्न ऋषिमुनिका सन्तानका नामबाट गोत्र राखिएको हुन्छ । गोत्र उनीहरूको कुल छुट्याउने एउटा भरपर्दो आधार हो । एकै जना बाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरुबीच विवाह चल्दैन ।

हिन्दु समाजमा गोत्र शब्दले एक प्राचिन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुन माथिबाट …

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै

२५ मंसिर, काठमाडौं ।। आज अन्तर्राष्ट्रिय पर्वत दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्त्वमा जोड दिँदै हरेक ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिएको हो ।
दिवसको अवसरमा नेपाल पर्वतारोहरण सङ्घले विभिन्न कार्यक्रम गर्ने गरेको छ ।
पृथ्वीको कुल भू–भागको ४ प्रतिशत भाग पर्वतयुक्त छ । ४ प्रतिशत भूभागभित्र पृथ्वीको कुल जनसङ्ख्याको १३ प्रतिशत अर्थात ९१ करोड ५० लाख मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।
विश्वको कुल जनसङ्ख्याको ७० प्रतिशत जीवनले विभिन्न तरिकाबाट पर्वतीय क्षेत्रको पानी उपभोग गर्ने …

कसरी रह्यो कम्प्युटर माउसको नाम ? यस्तो छ रोचक इतिहास

काठमाडौं । बाह्य संसारमा कुनैपनि चिजलाई उठाउन वा कतै लैजानका लागि हातको प्रयोग गरिन्छ । तर कम्प्युटरको संसारमा भने यही कामका लागि माउसको प्रयोग हुन्छ ।
स्क्रिनमा कुनै पनि फाइललाई एक ठाउँबाट अर्को ठाउँमा लैजानका लागि वा कुनै पनि आइकनमा क्लिक गर्नका लागि हामीले माउसको सहयोग लिन्छौँ । यतिधेरै उपयोगी तथा कामकाजी तथा कम्प्युटरको महत्वपूर्ण डिभाइसको रुपमा रहेको यो चिजको नाम माउस अर्थात् मुसा किन राखियो होला भन्ने बारेमा के तपाइँले कहिल्यै सोँच्नुभएको छ ?

कहिले भयो माउसको आविष्कार ?

माउसको आविष्कार सन् १९६० को दशकमा डग्लस कार्ल एन्जेलबर्टले गरेका हुन् । माउसको …

You Missed

तनावले असर गर्ने शरीरका मुख्य अंगहरू यि हुन, यस्ताे देखिन्छ लक्षण ।
घरमा माउसुलीले सताएकाे छ ?, समाधान गर्ने केही घरेलु उपाय यस्ता छन ।
देबिथान देवी भगवती मन्दिर : ऐतिहासिक शक्तिपीठ र धार्मिक पर्यटनको केन्द्र
हुप्सेकोटमा जेठ १२ गतेदेखि उत्कृष्ट १० उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला हुने
हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित

Primary Color

Secondary Color

Layout Mode