दसैँ वा बडा दसैँ : नेपाल लगायत विश्वभरका हिन्दुहरुको आस्था महत्व र विशेषता

दसैँ, बडा दसैँ 
(अन्य नाम: दसहरा, विजया दशमी, नौरथा, नवरात्रि, आयुध-पूजा) नेपालीहरूको प्रमुख चाड हो। राष्ट्रिय चाड समेत मनिने दसैँ (नौरथा) हिन्दु धर्मवलम्बीहरूले असोज महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नौरथाभर) शक्तिको आराधना गरी दसौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन्।
असोज शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नौरथा विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ। प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ।
विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य्य र खुसीयालीमा नवदुर्गा भवानीको …

जेनजी आन्दोलनमा तोडफोड गर्नेलाई कारवाही नगरे प्रहरी प्रशासनलाई असहयोग गर्ने नवलपुरका जनप्रतिनिधिको चेतावनी

बोमलाल गिरी : नवलपुर, असोज ११ गते । नवलपुरका सम्पूर्ण जनप्रतिनिधिले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा व्यक्तिका नीजि घर तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कारवाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले शनिवार प्रजिअ भविश्वर पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै तत्काल दोषीलाई पक्राउ गरी कारवाही नगरे सम्पूर्ण जनप्रतिनिधिले प्रहरी प्रशासनलाई असहयोग गर्ने चेतावनी पनि दिएका छन् ।
गण्डकी प्रदेशका मन्त्री, पूर्व मुख्यमन्त्री, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, विभिन्न पालिका प्रमुखहरु, उपप्रमुखहरु र वडाध्यक्षसहित जिल्ला प्रशास कार्यालय पुगेर उनीहरुले जेनजी आन्दोलनका नाममा आतंककारी …

जेनजी आन्दोलनको क्षति बीमा दाबी अहिलेसम्मकै उच्च, अहिलेसम्म ३० अर्बको दाबी

१ असोज, काठमाडौं । जेनजी युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनका कारण निजी सम्पत्तिमा भएको क्षतिको बीमा माग दाबी करिब ३० अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार मङ्गलबारसम्ममा बीमा कम्पनीहरूमा परेको दाबी ३० अर्ब हाराहारी पुगेको हो ।
निर्जीवन बीमा तथा रि-इन्स्योरेन्स कम्पनीहरूलाई २०७२ बैशाख, कोरोना महामारी, २०८० साल असोजको बाढी लगायतका प्राकृतिक तथा महाविपत्तिले नदिएको दायित्व जेनजी आन्दोलन दिने देखिएको छ ।
आन्दोलनका क्रममा भएका निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी निर्जीवन बीमा कम्पनी तथा रि-इन्स्योरेन्स कम्पनीलाई अर्बौंको दायित्व पर्ने देखिएको हो ।
प्राधिकरणका अनुसार क्षतिको मुल्यांकन …

देशै जलेर खरानी भाे, हात लाग्याे शुन्य ।

राजनीतिमा एक दिन कहिलेकाहीँ एक युग बनेर आउँछ। नेपालमा त्यस्तो धेरैपटक भइसक्यो। भदौ २३ र २४ को २४ घण्टाले नेपालमा राजनीतिक उथलपुथल ल्यायो र अर्काे युगको सुरुआत ग¥यो।
राजनीतिक परिवर्तनका आन्दोलनहरू कमैमात्रै कोमल हुन्छन्, आन्दोलनमा राप र ताप हुन्छ। तर यसपालिको जति हिंसात्मक दृश्य नेपालका मात्रै होइन, धेरै देशमा कमै देखिएको थियो।
२३ गते ‘जेन–जी’ पुस्ताको आन्दोलन मात्रात्मक हिसाबमा शान्तिपूर्ण नै हो। सरकारी दमनले चाहिँ नरसंहार मच्चिएको थियो। तर, २४ गते मुलुकले जे भोग्यो, इतिहासकै सबैभन्दा धेरै क्षति बेहार्नुप¥यो। राज्यका तीनै अंगका कार्यालय, भवन र दस्तावेज खरानी भए। सिंहदरबार, संसद् भवन, सर्वाेच्च …

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

२९ भदौ, काठमाडौं । अन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहरण गर्दैछिन् । आज बिहान ११ बजेको समयमा उनले सिंहदरबार पदभार ग्रहण गर्नेछिन् ।
जेनजी आन्दोलनले सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले त्यसै दिन शपथ लिएर संसद विघटन गरेकी थिइन् ।
आज पदभार ग्रहण गरेर प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेकी छन् ।
उनले मन्त्री नियुक्तिका लागि छलफल गरिरहेकी छन् । आजै मन्त्रीको नामावली टुंगो लगाउने र नियुक्ति गर्ने तयारी उनको छ ।
प्रधानमन्त्री कार्कीले पहिलो दिन शनिबार आन्दोलनका घाइतेहरुलाई अस्पताल पुगेर भेटेकी …

सुरक्षाकर्मीहरुबाट लुटिएका, फेला पारेका हतियार र गोलीगट्ठा बुझाउन सेनाको आग्रह

काठमाडौं : नेपाली सेनाले आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुबाट लुटिएका / फेला पारेका हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु बुझाउन आग्रह गरेको छ।
नेपाली सेना जनसम्पर्क  निर्देशनालय तथा सूचना जंगी अड्डाले सूचना जारी गर्दै “Gen Z” नेतृत्वको आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीहरुबाट लुटिएका / फेला पारेका हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ ।’ उनले यस संवेदनशील परिस्थितिमा …

लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद

काठमाडौं : नेपाली सेनाले अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। बुधबार विहान १० बजेको अपडेटमा नेपाली सेनाले २७ जना पक्राउ गरेको जानकारी दिएको हो।
पक्राउ पर्नेहरू विषम परिस्थितिको अनुचित फाइदा उठाइ लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उशृंखल गतिविधिमा संलग्न रहेको सेनाले जनाएको छ।
त्यस्तै उनीहरूको साथबाट ३३ लाख ७० हजार रुपैयाँ बरामदसमेत गरिएको सेनाले जनाएको छ। काठमाडौंको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट उक्त रकम बरामद गरिएको हो।
त्यस्तै काठमाडौंको विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरू …

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो । 
जेनजी युवाको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारबाट आज बिहान जारी सूचनामा लेखिएको छ, ‘मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको भोलिदेखिका पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको…।’

देशभर जारी भयो कर्फ्यू आदेश

२५ भदौ, काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ ।
आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने जानकारी गराइएको छ ।
आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले जनाएको छ ।
व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता …

मानव अधिकार आयोगका पदाधिकारीहरू आकस्मिक बैठकमा

२४ भदौ, काठमाडौं । युवा प्रदर्शनकारीमाथि प्रहरीको चर्को बल प्रयोगमा मौन रहेको भनी चौतर्फी आलोचना खेपेपछि राष्ट्रिय मानव अधिकार आयोगले आकस्मिक रुपमा पदाधिकारीहरूको बैठक डाकेको छ ।
आयोग सम्वद्ध स्रोतका अनुसार, गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा आयोग मौन रहेको भनी चौतर्फी आलोचना आएपछि कर्मचारीहरूले समेत आयोगका पदाधिकारीहरूलाई दबाव दिएका थिए ।
त्यसपछि आयोगका अध्यक्ष तपबहादुर मगरले बिहान १० बजे आकस्मिक रुपमा बैठक डाकेका हुन् ।
सोमबारको प्रदर्शनपछि राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ति निकालेको थियो । तर प्रदर्शनमा भएको चर्को दमनमा मौन रहेको आयोगले प्रदर्शनलाई संयमित बनाउन आन्दोलनकारीहरूलाई आग्रह गरेको थियो ।
प्रधानमन्त्री केपी …

नेपालमा सन्तान संकटको खतराः तीन वर्षमा ५४ प्रतिशतले घट्यो शिशु जन्मदर ।

११ भदौ, काठमाडौं । शिशु जन्मदर कुन गतिमा घटिरहेको छ, बितेको तीन वर्षको तथ्यांकले छर्लङ्ग पार्छ । वर्षेनी शिशु जन्मको घट्दो ग्राफले नेपालमा सन्तान संकटको खतरातर्फ संकेत गरेको छ ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा देशभर ४ लाख १५ हजार २२ जना शिशु जन्मिएका थिए । आव २०७९/८० मा त्यो संख्या घटेर २ लाख ३३ हजार १२६ मा झर्‍यो ।
आव २०८०/८१ मा शिशु जन्मदर सर्लक्कै घटेर १ लाख ९० हजार ६९२ मा आइपुगेको छ । तीन वर्षको यो अवधिमा झन्डै ५४ प्रतिशत जन्मदर घटेको तथ्यांङ्कले देखाएको छ ।
यी तथ्यांकलाई दैनिक जन्ममा …

ख्याल गर्नुहाेसः मोबाइलले हाम्रो एकाग्रता र शान्ति यसरी भंग गरिरहेको छ ।

बसमा यात्रा गर्दा, खाली समयमा वा टिभी हेर्दा प्रत्येक दोस्रो व्यक्ति मोबाइलमा व्यस्त देखिन्छ । उनीहरूका औंलाले सामाजिक सञ्जाललाई निरन्तर स्क्रोल गरिरहन्छन् ।
यसले के देखाउँछ भने अहिलेको डिजिटल युगमा, मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनेको छ, जसले एकातिर हामीलाई संसारसँग जोडेर राख्छ, भने अर्कोतर्फ हाम्रो ध्यान, धैर्य र मानसिक स्थिरतालाई बिस्तारै कमजोर बनाउँदैछ ।
ध्यानलाई मानिसको सबैभन्दा ठूलो शक्ति मानिन्छ । पूर्ण ध्यान अर्थात् ध्यान केन्द्रित गरेर काम गर्ने व्यक्तिले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्छ । तर, मोबाइल र सामाजिक सञ्जालको बानीले ध्यानको यो शक्तिलाई बिस्तारै कमजोर बनाउँदैछ ।
हो, …

पेट र दिमागको सम्बन्ध बिग्रनु नै डिप्रेसनकाे मुख्य कारण बन्न सक्छ ।

हाम्रो आन्द्रामा १० करोडभन्दा बढी स्नायु कोशिकाहरू हुन्छन्, जसले शरीरको ९५ प्रतिशत सेरोटोनिन उत्पादन गर्छ । सेरोटोनिन यस्तो रसायन हो जुन हाम्रो मुड र खुसीसँग सम्बन्धित हुन्छ ।
पछिल्ला अनुसन्धानहरूले देखाएका छन्, हाम्रो आन्द्रामा रहेका माइक्रोबायोटा अर्थात् खर्बौं ब्याक्टेरिया, भाइरस, ढुसी तथा अन्य सूक्ष्म जीवहरू हाम्रो शरीर र मस्तिष्कको स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छन् ।
यसबाट स्पष्ट हुन्छ कि हाम्रो आन्द्रा र मस्तिष्क एक–अर्कासँग जोडिएका छन् र एक–अर्कालाई प्रभाव पार्छन् ।
सायद तपाईंले कुनै महत्त्वपूर्ण भेटघाट अगाडि चिन्ता वा बान्ता हुने अनुभूति गर्नुभएको छ, वा कब्जियत हुँदा झर्को लाग्ने महसुस गर्नुभएको छ होला …

अध्यात्मः सुख शान्ति र आनन्दको पुर्ण रुप ।

आनन्द  भावनात्मक स्थिति हो । सुख, शान्ति र पूर्णताको अनुभव हो । यो केवल क्षणिक खुसी वा उत्साहभन्दा गहिरो हुन्छ । किनभने आनन्द मन, शरीर र आत्माको समन्वयबाट उत्पन्न हुन्छ । आनन्द आफैँमा भावनात्मक स्थिति भए पनि यसमा केही शारीरिक प्रतिक्रियाहरू हुन्छन् । खासगरी यसमा मतिष्क त्यसमा पनि न्यूरोट्रान्समिटरहरूको भूमिका हुन्छ ।
मस्तिष्कमा डोपामिन, सेरोटोनिन, अक्सिटोसिन र एन्डोर्फिन जस्ता न्यूरोट्रान्समिटरको सन्तुलित उत्पादनबाट महसुस हुने अवस्था हो, आनन्द । यो एक जैविक र मनोवैज्ञानिक प्रक्रिया हो, जसले व्यक्तिलाई सुखद् अनुभूति र स्थिरता प्रदान गर्छ ।

आनन्द क्षणिक खुसी भन्दा फरक छ । उदाहरणका …

याद गर्नुस १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई यि १२ कुरा अनिवार्य सिकाउनैपर्छ ।

बालबालिकालाई कस्तो बनाउने ? यसमा आमाबुवाको व्यवहार, घरको वातारण, साथीभाइ, छिमेक, समाज सबैको भूमिका हुन्छ । बालबालिकालाई सही ढंगले हुर्काउन, सही संस्कार दिन र सही जीवन पद्धतिमा अभ्यस्त गराउन सानै उमेरदेखि राम्रो मार्गदर्शन दिनुपर्छ ।
 
१. सहानुभूति
के सिकाउने ?
सहानुभूति भनेको अरूको भावना बुझ्ने र उनीहरूको दृष्टिकोणबाट सोच्ने क्षमता हो । बच्चाहरूलाई अरूको पीडा, खुसी र अनुभवलाई सम्मान गर्न सिकाउनुपर्छ ।
किन जरुरी ?
सहानुभूति सामाजिक सम्बन्धको आधार हो । यसले बच्चाहरूलाई दयालु र सहयोगी बनाउँछ, जसले उनीहरूलाई स्कूल, परिवार र समाजमा राम्रो सम्बन्ध बनाउन मद्दत गर्छ।
२. आत्मसम्मान
के सिकाउने ?
बच्चाहरूलाई आफ्नो मूल्य, क्षमता, र …

युवतीहरूमा बढ्दो ‘नो म्यारिज ट्रेन्ड’ यि र यस्ता कारण हुन सक्छन ।

विवाह गर्नैपर्छ ? यो प्रश्नमा सबैको एकमत छैन । कतिले विवाहलाई अनिवार्य मान्छन् भने कतिले अनावश्यक । कतिले यसलाई नितान्त व्यक्तिगत विषय मान्छन् भने, कतिले सामाजिक बन्धन पनि ।
आखिर जे भएपनि यो एक अन्त्यहीन वहस हो ।

त्यसो त दुनियाँमा विवाह नगर्ने वा यसको विपक्षमा रहनेहरूको जमात पनि कम छैन । खासगरी अहिलेको जमानामा ।

विवाहलाई ‘बन्धन’ वा ‘झन्झट’ मानेर स्वच्छन्द जीवन रोज्नेहरूमा युवतीको संख्या पनि उत्तिकै छ । आखिर किन उनीहरू विवाह गर्न रुचाउँदैनन् ?
नो म्यारिज ट्रेन्ड के हो ?
परम्परागत ढंगले विवाह गर्न नचाहने वा कुनै पार्टनरको अधीनमा बस्न नरुचाउने ट्रेन्ड …

समाजसेवी तथा धार्मिक व्यक्तित्व ज्योतिलाल भट्टराई को शालिक अनावरणः

एन.सन्चार कावासोती, ०१ वैसाख २०८२ः विस २००९ साल पौस २९ गते स्यागंजा जिल्लामा जन्म भए नवलपुरको मध्यविन्दु नगरपालिका मा स्थायी वसोवास भएका धार्मिक व्यक्तित्व स्व. ज्योतिलाल भट्टराइको सम्झनामा कावासोती १२ मा अवस्थित ज्योति स्नानधाममा शालिक अनावरण गरिएको छ ।

उक्त स्नानधाम लगायत नारायणी नदि तटिय क्षेत्रलाइ सजावट गर्ने देखी लिएर विभिन्न दिव्य तथा धार्मिक संरचना निर्माणका अतिरिक्त अहोरात्र खटिइ देश तथा विदेशमा रहेका नेपालीजनहरुवाट आर्थिक सहयोग संकलन गरि विभिन्न संरचनाहरु निर्माण गर्ने कार्यमा स्व. भट्टराइको योगदान अतुलनिय रहेको स्थानिय लगायत उहाँलाइ चिन्ने नवलपुर वासीहरुबाट मुक्त कण्ठबाट प्रशंसा समेत सुन्न पाइने गरेको …

मध्यवर्ती बाट हटाउईदिन निकुञ्जलाई गैडाकोटको सिफारिस, हटाउनु मात्रै समाधान होइन: निकुञ्ज

सन्जय भट्टराई,कावासोती । गैंडाकोट नगरपालिकाको वडा नं १०, ११, १२, १३, १६ र १७ लाई चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट हटाईदिन माग गर्दै चितवन राष्ट्रिय निकुञ्जमा नगरपालिका सिफारिस गरेको छ ।

नगरपालिकाकि उपप्रमुख तथा संघर्ष समितिकि संयोजक शान्ति कोइरालाले निकुञ्ज कार्यालय कसरा चितवन पुगेर सिफारिस पत्र निकुञ्जलाई बुझाएकी हुन ।
नगरपालिकाको गत २०८० जेठ १३ गते बसेको कार्यपालिका बैठकले नगर उपप्रमुख कोइरालाको नेतृत्वमा संघर्ष समिति बनाएरनै आन्दोलन सहित हस्ताक्षर संकलनको कार्यक्रम अगाडी बढाउदै आएको थियो ।
नगरपालिकाले निकुञ्जलाई बुझाएको पत्रमा वडा नं १०,११ र १२ को क्षेत्र वि.स. २०५२ सालमा कुनै विशेष औचित्य …

बिद्धुत प्राधिकरण को कार्यकारी निर्देशक बाट कुलमानलाई हटाइयो हितेन्द्र शाक्य नियुक्त ।।

११ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या

कावासोती । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ । चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताए । 
विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उनले बताए । उनले भने, “हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर …

You Missed

तनावले असर गर्ने शरीरका मुख्य अंगहरू यि हुन, यस्ताे देखिन्छ लक्षण ।
घरमा माउसुलीले सताएकाे छ ?, समाधान गर्ने केही घरेलु उपाय यस्ता छन ।
देबिथान देवी भगवती मन्दिर : ऐतिहासिक शक्तिपीठ र धार्मिक पर्यटनको केन्द्र
हुप्सेकोटमा जेठ १२ गतेदेखि उत्कृष्ट १० उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला हुने
हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित

Primary Color

Secondary Color

Layout Mode