एन.सन्चार कावासोती, ०१ वैसाख २०८२ः विस २००९ साल पौस २९ गते स्यागंजा जिल्लामा जन्म भए नवलपुरको मध्यविन्दु नगरपालिका मा स्थायी वसोवास भएका धार्मिक व्यक्तित्व स्व. ज्योतिलाल भट्टराइको सम्झनामा कावासोती १२ मा अवस्थित ज्योति स्नानधाममा शालिक अनावरण गरिएको छ ।


उक्त स्नानधाम लगायत नारायणी नदि तटिय क्षेत्रलाइ सजावट गर्ने देखी लिएर विभिन्न दिव्य तथा धार्मिक संरचना निर्माणका अतिरिक्त अहोरात्र खटिइ देश तथा विदेशमा रहेका नेपालीजनहरुवाट आर्थिक सहयोग संकलन गरि विभिन्न संरचनाहरु निर्माण गर्ने कार्यमा स्व. भट्टराइको योगदान अतुलनिय रहेको स्थानिय लगायत उहाँलाइ चिन्ने नवलपुर वासीहरुबाट मुक्त कण्ठबाट प्रशंसा समेत सुन्न पाइने गरेको छ ।


भट्टराइ अग्रसर रहेर निर्माण गर्दै गरेका कतिपय संरचनाहरु संम्पन्न भैसकेका तथा कतिपय संरचनाहरु निर्माणको क्रममै रहेका छन ।
धार्मिक तथा सामाजिक कार्यमा अग्रसर भट्टराइको विस २०७९ साल श्रावण २४ गतेका दिन असामयिक निधन भएपछि यस स्थलको निरिक्षण अवलोकन तथा स्यहार सुसार गर्ने कार्य कावासोती १२ का स्थानियहरुले गर्दै आएका छन । स्व. भट्टराइको योगदानको उच्च मुल्याकंन गर्दै उहाँको शालिक अनावरण कार्यक्रम कावासोती १२ का वडाध्यक्ष धुर्व खनाल को अध्यक्षतामा आयोजना गरिएको हो ।


नयाँ वर्षको अवसर पारेर नारायणी स्नान गर्न आउने श्रद्धालु भक्तजनहरुलाइ लक्षित गरि उक्त पावन धाम परिकल्पना कर्ता स्व. ज्योतिलाल भट्टराइको योगदान का विषयमा सवैलाइ प्रस्टयाउने उद्येश्यले सो कार्यक्रम आयोजना गरिएको वुझ्न सकिन्छ ।


कार्यक्रममा गण्डकी प्रदेश सभाका निर्वतमान सांसद ओमकला गौतम प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै विशेष अतिथिहरुमा कावासोती नगरपालिका प्रमुख विष्णु भुषाल, कावासोती ११ का वडाध्यक्ष सारदा प्रसाद अधिकारी,१३ का वडाध्यक्ष लाल वहादुर गुरुङ्ग, कावासोती १२ का निर्वतमान वडाध्यक्ष खेम प्रसाद काफ्ले , विभिन्न पार्टिका नेता कार्यकर्ता, स्थानिय समाजसेवी वुद्धिजिवी पत्रकार लगायतकाको उपस्थिती रहेको थियो ।


कर्यक्रममा वोल्ने वक्ताहरुले स्व. भट्टराइको यस पावन धाम प्रतिको लगाव र योगदानको वारेमा चर्चा गरेका थिए । ज्योति स्नान धामका उपाध्यक्ष चिरञ्जिवी चापागाइको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण समिर सिग्देलले गरेका थिए ।

स्व. ज्योतिलाल भट्टराइको सम्झना स्वरुप उहाँको देहान्त पूर्व गरिएको कुराकानी तपाइमाझ यो युटुव लिकंमा उपलव्ध छ ।