यस्तो छ पानी पिउने सही तरिका
काठमाडौं । हरेक जीवका लागि पानी अतिआवश्यकीय वस्तु हो । हामी पानी बिनाको जीवन कल्पना समेत गर्न सक्दैनौँ । तर हामीलाई हाम्रो शरिरमा कति पानीको आवश्यक हुन्छ र त्यसलाई सही तरिकाले कसरी पिउने भन्नेबारे ज्ञानको समेत अभाव देखिन्छ । अन्य खानेकुरा जस्तै पानी पनि मात्रा मिलाएर खान नसकेमा त्यसले शरिरलाई चाहिने आहार नदिन सक्छ । नियमित उपयुक्त समयमा प्रशस्त पानी पिउनाले हामीलाई विभिन्न रोग लाग्नबाट समेत बच्न सकिन्छ ।
यदी सही समयमा नियमित पानी पिउन सकिएमा त्यसले औषधीको काम गर्ने विज्ञहरु बताउँछन् । प्रायजसो मानिसहरु खाना खाइसकेपछि पानी पिउने गरेका हुन्छन् । …
आठ एप्स, जसले महिलाको गर्भधान र प्रजनन अवस्था सूचित गर्छ
महिला स्वास्थ्य खासगरी यौन र प्रजननका कुरा निकै संवेदनशिल हुन्छन् । साथसाथै, कतिपय अवस्थामा यो गोपनिय पनि हुन्छ । अतःमहिलाले यसबारे खुलेर प्रश्न वा सोधीखोजी गर्ने अनुकुलता हुँदैन ।
तर, अब यो कुनै टाउको दुखाईको विषय रहेन । किनभने यस्ता एपहरु प्रचलनमा आइसकेका छन्, जसले महिलाको मासिक स्रावको चक्र, गर्भधारणका लागि उपयुक्त समयको सूचनादेखि अरु प्रजनन स्वास्थ्यबारे जानकारी दिन्छ ।
फर्टिलिटी फ्रेन्ड:
महिलाको मासिक चक्रको आधारमा कुन अवधिमा गर्भधारण हुन्छ भन्ने तय गरिन्छ । जब गर्भाशयमा एक परिपक्क अण्ड तयार हुन्छ, त्यही बेला पुरुषको विर्यसँग निशेषचन भएर गर्भधारण हुन्छ ।
फर्टिलिटी फ्रेन्डले महिलाको गर्भाशयको …
अनुहारमा आएको कोठी हटाउन के गर्ने ?
अनुहारको सौन्दर्यलाई लिएर विभिन्न खालको चिन्ताले सताइरहेको हुन्छ । यसमध्ये पनि अनुहारमा आउने अनावश्यक कोठीले धेरै दु:ख दिइरहेको हुन्छ ।
छालाको दुई तह हुन्छ- एपिडर्मिस र डर्मिस । एपिडर्मिसमा मेलानोसाइट भन्ने कोष हुन्छ, जसले छालामा रंग बनाउने काम गर्छ । मेलानोसाइटबाट मेलानो पिग्मेन्ट छालामा जम्मा भयो भने कोठी बन्छ । कोठी वंशाणुगत र घामको विकिरणका कारण आउने गर्छ ।
वंशाणुगत कोठी बर्थमार्क जस्तै हुन्छ, यसलाई कन्जेनिटल नेभस भनिन्छ । यो शरीरको जुनसुकै भागमा आउन सक्छ । त्यस्तै घामको विकिरणले आउने कोठी हुन्छ, जसलाई लेन्टिजेनियस भनिन्छ । प्राय: शरीरमा घाम पर्ने ठाउँ जस्तो …
शरीर बुढो हुँदै गएपछि किन हात काम्छ ?
हामी देख्छौं–बुढापाकाहरुले केही समाउन खोज्यो भने हात काम्छ । हुन त डर, तनाव, न्युन रक्तचाप, एन्जाइटी (चिन्ता) जुनसुकै उमेर समूहका व्यक्तिको पनि हात वा शरीर काम्छ । यद्यपि बुढ्यौलीमा हात काम्ने कारण भने फरक छ ।
यो अधिकांशलाई बुढ्यौलीमा पुगेपछि हुने समस्या हो । यस किसिमको समस्याले गर्दा उनीहरुलाई सामान्य कामकाज गर्न पनि कठिन भइरहेको हुन्छ । जस्तो ब्रस समाएर दाँत माझ्न, चम्चा वा हातले कुनैपनि खानेकुरा खान, औषधि खान, लुगाफाटो लगाउन असहज हुन्छ ।
यस किसिमको अवस्थालाई ‘मुभमेन्ट डिसअर्डर’ भनिन्छ । अर्थात् शरीरका अंग खासगरी हातले सही रुपमा काम गर्न नसक्नु …
मोटोपनबाट कसरी छुट्कारा पाउने ?
काठमाडौं । हिजोआज मोटोपनबाट धेरै जना हैरान छन् । मोटो शरीरलाई कसरी घटाउने भन्ने चिन्ता पनि त्यत्तिकै छ । सबै जना आफ्नो फिटनेस र लुक्सको बारेमा चिन्तित देखिन्छन् ।
फिट र स्वस्थ रहन मानिसहरू डाइटिङ गर्छन् र जिममा गएर पसिना पनि बगाउँछन् । तौल घटाउने टिप्सलाई लिएर सामाजिक सञ्जालमा धेरै भिडियो देखिन्छन् । त्यससलाई हेरेर पनि मानिसहरू प्रेरित भइरहेका छन् ।
तर सबैभन्दा ठूलो प्रश्न यो हो कि यदि तपाईं फिट रहन चाहनुहुन्छ भने जिम वा डाइट केमा बढी ध्यान दिनु राम्रो हुन्छ ? यस्तोमा खानपानमा ध्यान दिएर व्यायाम नगरे पनि तौल …
व्यायाम गरेपछि शरीरको बोसो कहाँ जान्छ ?
व्यायाम गर्दा मानिसको शरीरको बोसो घट्छ, तर त्यो कहाँ जान्छ ? यो प्रश्न धेरैको मनमा उब्जिन सक्छ । यसै विषयलाई लिएर केही वर्षअघि १५० चिकित्सक, आहारविज्ञ र शारीरिक प्रशिक्षकलाई प्रश्न सोधिएको थियो ।
यसको उत्तर तीनवटा राखिएको थियो ।
१. बोसो ऊर्जा र गर्मीमा परिणत हुन्छ ।
२. बोसो मांसपेशीमा परिणत हुन्छ ।
३. बोसो कार्बनडाइअक्साइड र पानीमा परिणत हुन्छ ।
यसमध्ये १४७ जनाले यसको गलत उत्तर दिएका थिए । यदि तपाईंको विचारमा यसको उत्तर ‘क’ वा ‘ख’ हो भने यो गलत छ । न्यु साउथ वेल्स विश्वविद्यालयको स्कुल अफ बायोमोलेक्युलर साइन्सका वैज्ञानिक रुबेन मीरम्यान …
४ प्राणायाम, जसले ‘हार्ट ब्लकेज’ हुनबाट जोगाउँछ
केही वर्षयता बढ्दो मुटुसम्बन्धी रोगले विश्वव्यापी रुपमै चिन्ता बढाइरहेको छ । मुटुरोग अब उमेर बढेपछि हुने समस्या मात्र हो भन्न सकिने अवस्था रहेन । किनकि वृद्ध उमेरमा मात्र होइन युवाहरूमा पनि हृदयरोगको जोखिम बढेको छ । ४० वर्षमुनिका युवासमेत ‘हार्ट ब्लकेज’जस्ता मुटुरोगको सिकार भइरहेका छन् ।
त्यसैले अब रोगलाई बढ्दो उमेरसँग जोड्न सकिंदैन, बरु जतिसक्दो चाँडो स्वस्थ हुने आयामहरु पहिचान गरी रोग लाग्न नदिने स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्छ । स्वस्थ जीवनशैलीसँगै योग गर्नाले सम्पूर्ण शरीर स्वस्थ र खुसी हुन्छ । जब तन र मन दुवै खुसी रहन्छ तब दीर्घरोग कम लाग्ने …
कोभिड फैलिदो, भाइरस नयाँ कि पुरानो ?
केही दिन अगाडि एक बिरामी कामज्वरो, शरीर दुख्ने, घाँटी खस-खस हुने समस्या लिएर आए र कोभिड परीक्षण गराउदा पोजिटिभ देखियो । उनका केही आफन्तहरु पनि यस्तै लक्षणबाट ग्रसित थिए र पछि उनीहरुमा कोभिड नै पुष्टि भयो ।
यसबाट समुदायमा कोभिड संक्रमणको फैलावटलाई अनुमान गर्न गाह्रो छैन । अझ कोभिड सहजै सर्ने भाइरस भएको र जनस्वास्थ्यका मापदण्ड पालना समेत छाडिसकेको अवस्थामा सहज फैलिरहेको हुनुपर्दछ । तर यसरी तीब्र गतिमा फैलिरहेको कोभिडको भाइरस नयाँ कि पुरानो ? अर्थात् भारतमा हालै देखिएको र तिब्र गतिमा फैलिरहेको नयाँ जेएन.१ भाइरस हो वा नेपालमा नै देखिदै …
के हो एन्टीबायोटिक ?
स्वास्थ्यलाई खराब पार्ने हाम्रो आँखाले देख्न नसक्ने सूक्ष्म जीवाणुहरु जस्तै, ब्याक्टेरिया (कीटाणु), एन्टीफंगल, एन्टीब्याक्टेरियल हुन्छन् । यी जैविक तत्वविरुद्ध काम गर्ने औषधिलाई एन्टीबायोटिक औषधि भनिन्छ ।
एन्टीबायोटिक औषधि तीन प्रकारका हुन्छन् । भाइरसविरुद्ध काम गर्नेलाई एन्टीभाइरल, फंगसविरुद्ध काम गर्नेलाई एन्टीफङ्गल र ब्याक्टेरिया (कीटाणु) विरुद्ध काम गर्नेलाई एन्टीब्याक्टेरियल औषधि हुन्छन् । यीमध्ये सबैभन्दा सीमित औषधि हो एन्टीभाइरल । किनकि जति पनि भाइरस देखा पर्छन् । ती सबै भाइरसविरुद्ध औषधि पत्ता लागेका छैनन् । बजारमा जति पनि औषधि उपलब्ध छन् । ती ब्याक्टेरियल औषधि हुन् । जसकारण एन्टीब्याक्टेरियललाई मात्र एन्टीबायोटिक्स भनेर बुझिन्छ ।
यसले कसरी काम …
फलफूल राति खान मिल्छ ?
फलफूलमा फाइबर र एन्टीअक्सिडेन्ट भरपुर हुन्छ । फलफूल दैनिक खाँदा छाला आकर्षक हुने र रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्छ । फलफूल खाने खास यही समय भन्ने त छैन, तर पनि बिहान वा दिउँसो खाने चलन छ । यसमा प्रश्न आउँछ के राति फलफूल खाँदा कुनै हानि गर्छ त ?
यसमा धेरै हदसम्म सत्यता छ । शरीरलाई चिसो प्रदान गर्ने भएकाले सकेसम्म सुन्तला, केराजस्ता फलफूल राति नखाएकै राम्रो हुन्छ । आयुर्वेदमा फलफूल मात्रा नभई अन्य खानेकुरा पनि सूर्यास्तअघि नै खानुपर्छ भन्ने उल्लेख छ ।
दिनभरको कामले शरीरलाई थकाइ लागेजस्तै पाचन अंगहरुलाई पनि थकाइ …
डर दिमागबाट हुने भए पनि छाती र मुटुमा किन महसुस हुन्छ ?
डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै लाग्छ त कसैलाई कम । डर मस्तिष्कबाट सुरु हुन्छ, तर महसुस छाती, पेट र मुटुमा किन हुन्छ भन्ने प्रश्न उब्जिन सक्छ ।
डर लाग्दा मुटु ढुकढुक हुनु र पेट पोल्नु सामान्य हो । कुनै पनि कारणले डर लाग्दा वा मानसिक समस्या हुँदा तुरुन्तै दिइने प्रतिक्रिया हो । यसको लागि कुनै औषधिको सेवन गर्नु पर्दैन । डर लागेको केही मिनेटमा आफैं निको हुन्छ ।
किन हुन्छ ?
डर लाग्दा दिमागमा रक्तसञ्चार बढ्छ भने पेटमा रक्तसञ्चार प्रवाह कम हुन्छ । जसले गर्दा पेट पोल्ने वा दुखेको जस्तो …
आज विश्व हात धुने दिवस, नेपालमा पनि विबिध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज १५ अक्टोबर अर्थात विश्व हात धुने दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाउने गरिन्छ । सन् २००८ को अक्टोबर १५ तारिखदेखि नेपालमा यो दिवस मनाउन शुरु गरिएको हो । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
आफ्ना हातहरु सफा राख्नु स्वास्थको हिसाबले एउटा महत्वपूर्ण कार्य हो । सफा हातले रोगव्याध लगायत अन्य संक्रमण र किटाणुहरुबाट समेत मानिसलाई पर राख्दछ ।विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका …
स्तन क्यान्सर हुने कारण र उपचार
पछिल्लो समय महिलामा स्तन क्यान्सरको समस्या बढ्दो छ । स्तन क्यान्सर ठ्याक्कै के कारणले हुन्छ भन्न सकिंदैन । यसमध्ये पाँचदेखि १० प्रतिशत कारण वंशाणुगत पनि हो ।
नेपाल हेल्थ रिसर्च काउन्सिलले नेपालका सात जिल्लामा स्तन क्यान्सरसम्बन्धी अध्ययन गरेको थियो, जसमध्ये पाँच जिल्लामा स्तन क्यान्सर हुने महिलाको संख्या निकै देखियो ।
विभिन्न अध्ययनले ५० देखि ६० वर्षका महिलामा अन्यको तुलनामा बढी स्तन क्यान्सर हुने गरेको देखाएको छ । नेपालमा भने ४० देखि ५० वर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर धेरै देखिएको छ ।
लक्षण:
स्तन क्यान्सरको मुख्य लक्षण स्तनमा गिर्खा आउनु हो । यस्तो गिर्खा …
निमोनिया भएको कसरी थाहा पाउने ?
रुघाखोकी बिग्रिएर फोक्सोमा संक्रमण हुने रोग हो निमोनिया । पछिल्लो समय निमोनिया मृत्युको एक मुख्य कारण बनिरहेको छ । विश्वव्यापी रुपमा मृत्युको शीर्ष १० कारणमध्ये निमोनिया पनि एक रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
सामान्यतया पाँच वर्षमुनि बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिक लाग्ने र मृत्यु हुने जोखिम बढी हुन्छ ।
निमोनिया चाहिं के कारणले हुन्छ ?
निमोनियाको मुख्य कारण भनेको भाइरस (इन्फ्लुएन्जा, कोरोना र श्वसन सिंक्टियल भाइरस) ब्याक्टेरिया (ट्रेप्टोकोकस, स्टेफिलोकोकस् र हेमोफिलस) संक्रमणले हुन्छ । यसबाहेक छातीको चोटपटक, फोक्सोको घाउ तीव्र रसायनहरुको धुवा, आत्मघाती प्रतिरक्षा प्रणाली र औषधिको एलर्जीका कारणले पनि निमोनिया हुन …
‘बाथरोगको समयमै उपचार नभए मुटु र मिर्गौलामा हानि पुर्याउन सक्छ’
काठमाडौं । बाथरोग नेपालीमाझ परिचित रोग हो । मानिसको आफ्नै शरीरमा रहेको ‘अटोएन्टीबडी’ले गर्दा बाथ रोग लाग्छ, जसले शरीरका विभिन्न जोर्नीहरू र अरू अंगमा असर गर्छ ।
बाथलाई ‘दुखाइको रोग’ पनि भन्ने गरिन्छ । नवजात शिशुदेखि ८० वर्षका वृद्धवृद्धासम्मलाई लाग्न सक्ने यो रोगका धेरै प्रकार हुन्छन् । बाथरोग लागेपछि के खान हुन्छ हुँदैन ? यो रोग पूर्ण रूपमा निको हुन्छ हुँदैन ? भन्ने विषयमा धेरै प्रश्न सुनिन्छ । यो रोगले निम्त्याउने जटिलता यसको उपचार लगायत विषयमा बाथरोग विशेषज्ञ डा. प्रयुष शर्मासँग गरिएकाे कुराकानीको सम्पादित अंश :
बाथरोग भएकाले गेडागुडी खान हुँदैन ?
बाथरोगको समस्या भएका …
नसा, पेट, मुटु र छालाका बिरामीलाई माटो दलेर गरिने उपचार प्रभावकारी
नारायण शर्मा, नवलपुर — गायक रमेशराज भट्टराई लामो समयदेखि नसा, ढाड र खुट्टा दुख्ने समस्याबाट पीडित थिए । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा करिब तीन साताको उपचारपछि निको भएका छन् । ‘मलाई केही समयदेखि नसासम्बन्धी समस्याले दैनिकीमा असर पारिरहेको थियो ।
यहाँ उपचार गरेपछि निकै सहज महसुस गरेको छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘खानपानमा अनुशासित भइयो र हरेक दिन व्यायाम गरियो भने दीर्घरोगी भएर बस्न पर्दैन भन्ने पाठ पनि सिकें ।’ उपचारपछि उनी आइतबार डिस्चार्ज भएका छन् ।
चिकित्सालयमा नसा, पेट, मुटु र छालाका बिरामीलाई माटो दलेर उपचार गर्ने गरिन्छ । चिकित्सालयका निर्देशक डा. विनोद पौडेलका अनुसार यस्ता …
देशभर डेंगी संक्रमितको संख्या १० हजार भन्दा बढि, ७४ जिल्ला प्रभावित
साउन २५, काठमाण्डौ : नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०को तथ्यांकानुसार जनवरीयता अगस्ट ९ सम्म १० हजार ७२६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीका ६ हजार ४१ जना छन् । मोरङमा एक हजार ३४४ र धादिङमा एक हजार २७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, कास्की, धनकुटा, झापा, संखुवासभा, तनहुँ, दार्चुला र काठमाडौं गरी १० जिल्लामा नौ हजार ६१२ जना संक्रमण देखिएको छ । यो अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा २५१ जनामा संक्रमण पुष्टि भएको …
आँखा पाक्ने रोग लागिहाले पनि अत्तिनु नपर्ने स्वास्थ्य मन्त्रालयको भनाई
साउन २४, काठमाण्डौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गरे। उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए।
हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ ।
‘यो रोग सङ्क्रामक भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ’, डा अधिकारीले भने । सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार …
कोभिड १९ को नयाँ भेरिएन्ट ‘एरिस’ बेलायतमा भेटियो
रेस्पिरेटरी डाटामार्ट सिस्टमको प्रतिवेदनअनुसार हालसम्म ४ हजारभन्दा बढी परीक्षण गरिसकिएकोमा ५.४ प्रतिशतमा कोभिड–१९ को संक्रमण देखिएको छ। अघिल्लो प्रतिवेदनमा ४ हजारभन्दा बढी परीक्षणमा कोभिडका ३.७ प्रतिशत विरामी थिए।
स्वास्थ्य अधिकारीहरुका अनुसार एरिस भेरिएन्टको साइन्टिफिक नाम EG.5.1 हो र यो ओमिक्रोन भेरिएन्टबाटै उत्परिवर्तन भएर विकसित भएको हो। यो भेरिएन्ट बेलायतमा ३ जुलाईमा पहिलो पटक पुष्टि भएको थियो।
साउन २२, एजेन्सी : बेलायतमा फेरि एक पटक कोरोना संक्रमणको जोखिम बढेको छ। बेलायतको स्वास्थ्य विभागले कोरोनाको नयाँ भेरिएन्ट एरिसको संक्रमण बढ्न सक्ने चिन्ता व्यक्त गरेको छ।
युके हेल्थ सेक्युरिटी एजेन्सी (युकेएचएसए) काअनुसार कोरोनाको नयाँ भेरिएन्ट एरिस …
आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि नवलपुरका पालिकाहरुमा सन्चालित विद्यालयद्वारा सार्वजनिक विदा घोषणा
कावासोतिमा साउन २४ देखि २६ गते सम्म र हुप्सेकोटमा साउन २३ देखि २६ गते सम्म विद्यालयहरुलाई सार्वजनिक विदा: आँखा पाक्ने रोग नियन्त्रण गर्न विषेश गरि सरसफाइ र सामाजिक दूरीमा ध्यान दिन भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीको आग्रह ।
एनसञ्चार संवाददाता, साउन २२, नवलपुर : पछिल्लो समय देशैभर आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि संक्रमण रोक्न विभिन्न पालिकाहरुले विद्यालय नै बन्द गरिरहेका छन् , नवलपरासि (वर्दघाट सस्ता पूर्व), नवलपुरको दुई पालिका कावासोति नगरपालिका र हुप्सेकोट गाउँपालिकाले पनि एक सुचना जारि गर्दै विद्यार्थिहरुमा बढि मात्रामा यसको संक्रमण देखिएकोले विद्यालय …
