मेयर साहविरुद्धको मुद्दामा लिखित जवाफ माग
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्ध परेको अदालतको अपहेलना मुद्दामा लिखित जवाफ मागेको छ ।
बालेनविरूद्ध परेको रिटको मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले मेयर साहसँग लिखित जवाफ माग्ने आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।
अधिवक्ता वर्षाकुमारी झाले मेयर साहविरूद्ध आइतबार अदालतको अवहेलानविरुद्ध निवेदन दिएकी दिनुभएको थियो । मेयर साहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताउनुभएको थियो । उहाँले कानून र अदालतको आदेश नमान्ने भन्दै टिप्पणी गर्नुभएको थियो ।
हलमा हिन्दी फिल्म चलाउन उच्च अदालतले अन्तरिम आदेश दिएपछि …
ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा थप ६ जना पक्राउ
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप ६ जनालाई मंगलबार पक्राउ गरेको हो । त्यस अघि मंगलबार नै बिहान प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसी रहेका छन् ।ललिता निवास जग्गा प्रकरणमा सिआइबीले अनुसन्धान गरी २०७८ पुसमा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको …
अर्जुनचाैपारी गाउँपालिकाकाे तेह्राै गाउँसभा सम्पन्न ।
एन सन्चारः अर्जुनचाैपारी, १० असार : स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले तेह्रौं गाउँसभाबाट आ.ब. २०८०/८१ का लागि कुल ४४ करोड ६९ लाख २ सयको कुल बजेट र त्यसको स्रोत व्यवस्थापनको रकमसहितकाे नीति तथा कार्यक्रम पारित गरेको छ । यसमा चालु २६ करोड ७६ लाख दुई सय र पूँजीगत १७ करोड ९३ लाख विनियोजित गरिएको छ ।
आइतवार सम्पन्न गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा मूलतः पूर्वाधार विकासलाई जोड दिइएको छ । विपन्न लक्षित स्थानीय पूर्वाधार विकासलाई महत्वका साथ अगाडि सारिएको छ । आइतबारको तेह्रौँ गाउँसभामा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले आ.ब. २०७९/८० मा भएका …
करण केसीले लिए वेष्ट इण्डिजको पहिलो विकेट
७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले पहिलो सफलता पाएको छ ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका करण केसीले वेष्ट इण्डिजको पहिलो विकेट लिएका हुन् । केल मयर्सलाई उनले कुशल भुर्तेलको हातबाट क्याच आउट गराए ।
नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।
अख्तियारको सहसचिव भर्ना गर्न विद्यार्थी निष्कासित, विवाद न्यायपरिषदसम्म
७ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एक सहसचिवलाई भर्ना गर्न चक्रवर्ती हवी एजुकेसन एकेडेमी, बिजुलीबजारले एक छात्रालाई निस्कासित गरेको विवाद न्यायपरिषदसम्म पुगेको छ ।
कलेजले कानूनको स्नातकोत्तर एलएलएममा अध्ययनरत सुष्मा पण्डितलाई कलेजबाट निस्कासित गरी उनको ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव शेरजंग कार्कीलाई भर्ना गरेको हो ।
पण्डितले १५ मंसिर २०७७ मा कानूनको स्नातकोत्तर(एलएलएम)का लागि प्रवेश परीक्षा दिएर उत्तीर्ण भएकी थिइन् । त्यसपछि उनले ९५ हजार रुपैयाँ बुझाएर कलेजमा भर्ना भइन् । उनको नाममा जारी विद्यार्थी परिचयपत्र ३० माघ २०७९ सम्म कायम थियो ।
कलेजले विद्यार्थीहरुलाई विश्वविद्यालयमा नाम दर्ताका …
उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै अदालत गए बालेन
७ असार, काठमाडौं । त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अदालत गएका छन् ।
प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएकाले बदरको माग गर्दै अदालत गएको काठमाडौं महानगरका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
काठमाडौंको सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौं महानगरले ३२ जेठमा काम रोकेको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार काटेको थियो ।
त्यसको भोलिपल्ट प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक …
वेष्ट इण्डिजविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डङ गर्ने
७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले बलियो विपक्षी वेष्ट इण्डिजसँग खेल्दैछ ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका छन् ।
वेष्ट इन्डिजले केहिबेरमा ब्याटिङ गर्दैछ । आजको खेलमा नेपाल टिममा अमेरिकाविरुद्ध खेलेको टिममा परिवर्तन गरिएको छैन ।
चोटग्रस्त सोमपाल अझै फिट भइसकेका छैनन् । प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा ३ असारमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको थियो ।
५ असारमा देखिएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । अमेरिकाविरुद्ध पहिला फिल्डङ गरेको नेपालले …
ब्रेकिङ्ग: स्याङ्गजाको अर्जुनचौपारीमा १० बर्षिय बालकको घाँटी रेटि हत्या
एन सन्चार,असार १, अर्जुनचौपारी : स्याङ्गजाको अर्जुनचौपारि गाउँपालिका वडा न.६ सिउडबारिका १० बर्षिया बालक घाँटी रेटि हत्या गरेर भिरबाट फालिएको अबस्थामा भेटिएका छन ।
अर्जुनचौपारी गाउँपालिका ६ सिउँडबारी निवासी शोभाखर देवकोटाका १० वर्षीय छोरा हर्सित देवकोटाको धारिलो हतियार प्रयोग गरेर बिभत्स रुपमा हत्या गरि भिरबाट करिब ५०० मिटर तल फालिएको अबस्थामा सव भेटिएको इलाका प्रहरि कार्यालय अर्जुनचौपारिबाट जानकारी प्राप्त भयको छ ।
हत्या गरि फरार सोही स्थान बस्ने २२ वर्षीय सुजन सुवेदीलाई प्रहरीले स्याङ्जा बजारबाट पक्राउ गरि थप अनुसन्धान गरिरहेको जानकारी दियको छ । हत्याको कारण खुल्न सकेको छैन ।
१८ जना उपसचिवहरुको सरुवा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समुहमा रहेका १८ जना उपसचिवहरुको सरुवा गरेको छ ।
अतिरिक्तमा रहेका १८ जना उपसचिवहरुमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ । बाँकी सबैको विभिन्न जिल्लास्थित् जिल्ला समन्वय समितिमा सरुवा भएको छ ।
मन्त्री अमनलाल मोदीले नियमित र बढुवा प्रक्रियामा आएका शाखा अधिकृत र उपसचिवलाई अनिवार्य रुपमा स्थानीय तहमा खटाउँदै आएका छन् । स्थानीय तहको निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियानलाई तीव्रता दिइरहेका मन्त्री मोदीले अतिरिक्त समुहका कर्मचारीलाई पनि प्रदेश तथा स्थानीय तहमा खटाउन थालेका छन् ।
ब्रेकिङ्ग : काठमाडौंको सिनामंगलमा प्रहरीले चलायो गोली, १ जना पक्राउ
२८ जेठ, काठमाडौं । काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।
प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।
भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ । ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।
भगत एक घरभित्र प्रवेश गरेपछि प्रहरी पनि पुगेको थियो । ब्यूरोका प्रमुख थपलियाका अनुसार …
बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा गयो : अध्यक्ष लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश आज संकटमा गएको बताएका छन ।
पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उन्ले देश संकटमा परेको जिकीर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरुलाई आह्वान गरे ।
तपाईहरुले बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा परेकाले जोगाउनका लागि साथ चाहिएको अध्यक्ष लिङदेनको भनाई थियो । उन्ले राजसंस्था, हिन्दु राष्ट्रको पुनस्र्थापना र संघीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दाबीसमेत गरे ।
उक्त कार्यक्रममा …
जिल्ला समन्वय समितिको गाडी दुर्घटनामा १ को मृत्यु ३ घाइते ,
दिपक बिश्वकर्मा, जेठ,२४,बुधबार : स्याङ्जाको शिरुवारीबाट अर्जुनचौपारि हुदै स्याङ्जा फर्कँदै गरेको बा.१ झ.५८७८ नम्बरको जिल्ला समन्वय समिति स्याङ्जाको गाडी अर्जुनचौपारी- ३ सहरे नजिक खोले भन्नेमा दुर्घटना भएको छ दुर्घटनामा सवारी चालक अमृत खनालको घटना स्थलमै मृत्यु भएको छ।
भने एल डि यो राजेन्द्र प्रसाद पौडेलको खुट्टा भाचिएको छ भने अरु २ जना अम्विका पौडेल र टिकाराम पौडेल सामान्य घाइते हुनुभएको अर्जुनचौपारि प्रहरी प्रमुख ख्याम बहादुर क्षेत्रिले बताउनुभएको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ।
भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु
एजेन्सी । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो ।
त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । आडिशाका मुख्यसचिव प्रदीप जेनाका अनुसार दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् ।
दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको बताइएको छ । भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् ।
मन्त्री वैष्णवले ट्वीटरमा ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् …
आज गणतन्त्र दिवस मनाइँदै
१५ जेठ, काठमाडौं । गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।
विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।
विसं २०६२ …
सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाको मृत्यु
काठमाडौं । सगरमाथा आरोहण गर्ने क्रममा यो सिजनमा ११ जनाले ज्यान गुमाएका छन् ।
शुक्रबार एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै यो सिजनमात्रै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ पुगेको हो ।
मलेसियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुब सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परेपछि आधारशिविर ल्याईएको थियो । उनको सोही क्रममा मृत्यु भएको हो ।
अर्का एक जनाको भने पहिचान खुल्न बाँकी रहेकाे छ । सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिले जानकारी दिएको छ ।
सगरमाथा आरोहण गर्न यो सिजन अहिलेसम्मकै सबैभन्दा बढी …
जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटियो, उडान स्थगित
काठमाडौं । जनकपुरधाम विमानस्थलबाट काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको विमानको उडान स्थगित भएको छ ।
उडान भर्ने बेलामा बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उडान स्थगित भएको हो । ४९ यात्रु रहेको विमानमा मुसा भेटिएपछि विमान होल्ड गरिएको बुद्ध एयरलाइन्सले जनाएको छ ।
लोकतन्त्र दिवस आज देशभर मनाइँदै
काठमाडौँ । १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरे । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै …
चितवन २ मा जितनारायणले गरे मतदान, रवि र रामप्रसादले भोट हाल्न नपाउने
१० वैशाख, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचनको मतदान जारी छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका छन् ।
तर रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने त्यहाँ मतदान गर्न पाउने छैनन् । रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले …
तनहुँ १ मा शान्तिपूर्ण रुपमा मतदान जारी, स्वर्णिम र सर्वेन्द्रले भोट हाल्न नपाउने
१० वैशाख, दमौली । तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन जारी छ । गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो ।
यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले लगायत उम्मेदवार छन् ।
नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ । नेकपा एमालेका उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनीहरुले मतदान गर्न पाउने …
दलित उत्थान केन्द्र अर्जुनचाैपारी स्याङजाकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
एन सन्चार कावासोती, ०८० बैशाख ८ : दलित उत्थान केन्द्र अर्जुनचौपारि गाउँपालिका स्याङ्गजाद्धारा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान ,चियापान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
सस्थका अध्यक्ष दिपक सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनचौपारी गाउपालिका प्रमुख प्रकाश तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशेष अतिथिहरुमा गाउपालिका प्रमुख प्रसासकिय अधिकृत उज्जवल बहादुर वस्तेत, स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्याल, अर्जुनचौपारी १ का वडाध्यक्ष रणवहादुर थापा लगायत रहेका थिए ।
अतिथिहरूमा वडा नं २ का कार्यबाहक अध्यक्ष रामचन्द्र रोका, कार्यपालिका सदस्य मिना सुनार, कार्यपालिका सदस्य ,रामु जि.टि., दलित …
