दुईदिने राजकीय भ्रमण पस्चात राष्ट्रपति स्वदेश फिर्ता :
काठमाडौं । दुईदिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको छ । राष्ट्रपति भण्डारी मंगलबार अपरान्ह स्वदेश फर्कनुभएको हो ।
राष्ट्रपति भण्डारी सहितको नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो ।
भण्डारीले त्यहाँ रहँदा राष्ट्रपति मोहम्मद अब्दुल हमिद, प्रधानमन्त्री शेख हसिना लगायतका उच्चस्तरीय भेटघाटमा व्यस्त रहनुभएको थियो ।
राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार बंगलादेश जानुभएको हो । डेढ वर्ष अघि बंगलादेशका राष्ट्रपति हमिद नेपालको भ्रमणम आउनुभएको थियो ।
प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते दिउँसो ४ वजेका लागी तय
१७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।
सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको छ । संसद बैठक सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा गरिसकेको छ ।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र …
केही मतिभ्रष्ट व्यक्तिले राष्ट्रपतिलाई महाभियोग लगाउन सक्छन् : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कही व्यक्तिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन सक्ने बताएका छन्। हिमालय टेलिभिजनमा प्रशारण भएको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिले राष्ट्रपति भण्डारीलाई केही मतिभ्रष्ट व्यक्तिहरुले महाभियोग लगाउन सक्ने बताएका हुन्।
सरकारले आगामी फागुन २३ गते संसद बैठक बाेलाउन राष्ट्रपति समक्ष सिफारिस गरेकाे छ। राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीकाे उत्तराधिकारीजस्तै भएकाे प्रचण्ड नेपाल समूहले आरोप लगाउँदै आएकाे छ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिले सरकारले सिफारिस गरेका काम कारबाहीबारे निर्वाध रुपमा सदर गर्नुपर्ने पनि बताए। उनले संविधानले राष्ट्रपतिलाई यही अधिकार दिएकाे जिकिर गरे।
कार्यक्रममा सोधिएको नेपालको दोस्रो राष्ट्रपतिमाथि महाअभियोग लगाउने चर्चा चलिरहेको …
‘जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो गयो’
३० माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै राज्यविरुद्धको कसुरमा बिहीबार दिउँसो एक बजे निवासबाटै गिरफ्तार गरिएकी रामकुमारी झाँक्रीलाई प्रहरीले साढे पाँच घण्टापछि छाड्यो ।
प्रहरीले गरेको सोधपुछका क्रममा उनले राष्ट्रपति संस्थाप्रति सधैं सम्मान रहेको बताएकी छन् । शुक्रबार बिहान अनलाइनखबरसँगको कुराकानीमा पनि उनले राष्ट्रपति संस्थाबारे सम्मान जनाउने तर व्यक्तिको प्रवृत्तिबारे बोल्न नछोड्ने बताइन् । झाँक्रीले भनिन्, ‘सम्मानित राष्ट्रपति संस्थाप्रति जहिले पनि मर्यादा छ । व्यक्तिको प्रवृत्तिविरुद्ध हामी सडकमा छौं । लडेर पराजित गर्छौं । हाम्रो उपलब्धिमाथि आक्रमण गर्दै निरंकुशतातर्फ लागेका कार्यकारीको साक्षी बस्ने राष्ट्रपतिलाई त कारबाही हुन्छ ।’
प्रस्तुत …