गुडिरहेको मोटरसाइकललाई बाघले झम्टिदा २ जना घाईते

कावासोती । कालीगण्डकी करिडोरको गैँडाकोट बुलिङ्गटार सडक खण्डमा गुडिरहेको मोटरसाइकललाई बाघले झम्टिने क्रममा भएको दुर्घटनामा परेर २ जना घाईते भएका छ्न ।
ढोडेनी बाट गैंडाकोट तर्फ आँउदै गरेको बा.प्र.०६-००१ प ९८३५ नम्वरको मोटरसाइकललाई गैँडाकोट-३ ढोडेनीमा अचानक बाघले झम्टिदा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मोटरसाइकललाई बाघले झम्टिए पछि अनियन्त्रित भएर पल्टिदा पछि मोटरसाइकलमा सवार तनहुँ शुक्लागण्डकि-३ का सुशील परियार र चितवन रत्ननगर-१० का दिपेन्द्र नेपाल घाईते भएका हुन । दुर्घटनामा घाईत भएका दुवै जनाको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बाघले मानिसलाई आक्रमण गर्ने क्रम बढ्दै

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बाघले मानिसलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ । बाघको आक्रमणबाट सोमवार राजापुर नगरपालिका १० बस्ने ६५ का लालबहादुर थारुको ज्यान गएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवक्री क्षेत्र गेरुवा गाउँपालिका ६ नौरंगापुरमा भैसी चराउन गएका थारुलाई बाघले आक्रमण गरेको थियो । हात्तीको सहायताले खोजी गर्दा शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
बाघको आक्रमणबाट बर्दियामा एक वर्षमा सात जनाले ज्यान गुमाएका छन् ।

You Missed

देबिथान देवी भगवती मन्दिर : ऐतिहासिक शक्तिपीठ र धार्मिक पर्यटनको केन्द्र
हुप्सेकोटमा जेठ १२ गतेदेखि उत्कृष्ट १० उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला हुने
हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार

Primary Color

Secondary Color

Layout Mode