माघ २६, कावासोती ।
नवलपुरको विभिन्न स्थानहरुमा एकीकृत परिवार योजना सेवा घुम्ती शिविर सञ्चालन हुने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा हुन गैरहेको ति शिविरमा परिवार योजना सम्बन्धी महिला पुरुष दुवैकालागि परामर्श, अस्थायी तथा स्थायी परिवार योजना सेवा, प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी लगायतका सेवाहरू निःशुल्क रूपमा प्रदान गरिने साथै शिविरमा सन्तानको रहर पुगेका जोडिहरुलाई बन्ध्याकरण सेवा समेत उपलब्ध हुने प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । उक्त शिविर यहि माघ २७ गते विनयित्रिवेणी गाउँपालिकाको सुस्ता स्वास्थ्य चौकी, त्रिवेणीमा सञ्चालन हुने बताईएको छ। त्यसैगरी माघ २८ गते मध्यविन्दु नगर अस्पताल र माघ २९ गते हुप्सेकोट गाउँपालिकाको देउरालि प्राथमिक स्वास्थ्य चौकी, हुप्सेकोटमा शिविर आयोजना गरिने प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको हो। स्थानीय बासिन्दालाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गर्न लागिएको कार्यालयको भनाई छ । सम्बन्धित स्थानका सेवाग्राहीहरूलाई तोकिएको मितिमा उपस्थित भई सेवाको लाभ लिन प्रदेश जनस्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ।

