पश्चिम नवलपरासीको जहदामा टिपरले भारतीय मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको घनास्थालमै मृत्यु भएको छ । मोटरसाईकलमा सवार अन्य दुई जनाको अवस्था उपचार पश्चात सामान्य रहेको छ भने चालकको घटना स्थलमै मृत्यु भएको छ । विहीबार विहान पौने १० बजेको समयमा भएको दुर्घटनामा परि सरावल गाउँपालिका–५ फुलवरियाका २० वर्षीय धनई राजभरको मृत्यु भएको हो । बर्दघाट नगरपालिका वडा नम्बर १२ जहदा स्थीत भित्री बाटोमा ना ४ ख २२९६ नम्बरको टिपरले भारतीय युपी ५३ एसी ९८०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । घाइते दुई जनाको सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचार भैरहेको सहकर्मी बसन्त पौडेलले जानकारी दिनुभयो । स्थानीयले ठक्कर दिने टिपरमा तोडफोड गरेका छन् । अहिले घटना भएको स्थानमा तानव भैरहेको र प्रहरीले तनावलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको पौडेलले बताए।
टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

सवारी दुर्घटना न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारी सहित सडकमै कार्यक्रम गर्दै प्रहरी(भिडियो सहित)
“लालपुर्जा नदिँदा सम्म संसदमै पुगेपनि भुईँमै बस्छु” : श्रम सँस्कृति पार्टिका उम्मेद्वार(भिडियो सहित)
“कृषक असुरक्षित हुँदा भान्छा देखि उपभोक्ता सबै असुरक्षित हुन्छन्” : गाउँपालिका महासंघ अध्यक्ष पाण्डे