देवचुलीका सबै विद्यालयहरु बैशाख १४ गतेबाट बन्द

 देवचुली, माधब सुवेदी

कोरोना भाइरसका कारण नवलपुरका विद्यालयहरु धमाधम बन्द हुन थालेपछि देवचुली नगरपालिकाले पनि देवचुलीका सबै विद्यालयहरु बैशाख १४ गते देखि १९गते सम्मको लागि बन्द गर्ने निर्णय गरेको छ । नेपाल लगाएत विश्वभरी फैलीको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस अर्थात कोभिड -१९ को संक्रमण बढि रहेको र यसको असर देवचुली नगरपालिकामा पनि नपरोस भन्नको लागि सबैे विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले ५ दिनका लागि बार्षिक परिक्षा तयारी विदा दिइएको जानकारी दिनुभयो । उहाँले सबै शैक्षिक संस्थाहरु र अन्य व्यवस्यायहरुमा अर्काे आदेश नआए सम्मको लागि कलेज, ट्यूसन सेन्टर हाल समयको लागि घर मा नै बसी भर्चुअल र बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्न अनुरोध गर्नुभयो ।

 

 सुचनामा जारी भए अनुसार होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म संचालन गर्ने, गोष्ठी, सेमिनार,सभा, सम्मेलन, मेला, विवाह, ब्रतबन्ध जस्ता क्रियाकलापहरुमा २५ जना भन्दा बढि व्यक्तीहरु सामेल हुने गरि संचालन गर्न नपाईने, मठ मन्दिर, चर्च , मस्जिद लगाएतका धार्मिक स्थलमा नित्य पुजा आजा बाहेकका अन्य कार्यक्रम गर्न नपाईने भएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 8 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 8 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *