सरू सर्मा, लायन्स क्लव अफ रजहर को प्रथम पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था लायन्स क्लवले संस्थाको वार्षिक क्यालेण्डर अनुसार जुलाईको पहिलो दिनबाट नै नयाँ समितिले पदभार ग्रहण गरेर नयाँ कार्ययोजनाका साथ अघि बढ्नु पर्ने भएकाले पदहस्तान्तरणसँगै क्लवले पूर्णता पाएको छ ।
क्लवको अध्यक्षमा सर्वसम्मत भएका स्थानीय सामाजिक अभियन्ताका रुपमा परिचित सत्यराज अधिकारि यस क्षेत्रका एक जुझारु युवा हुन् । लायन्स क्लवको माध्यमबाट समाज रुपान्तरणमा नयाँ भिजन लिएर आएका अधिकारिको कार्यकालमा संस्थाले थप उचाई प्राप्त गर्ने विश्वास गरिएको छ ।
अध्यक्ष अधिकारिलाई वर्ष २०२१ \ ०२२ का अध्यक्ष भानुभक्त पोडेलले अध्यक्षको पिन साथै ग्याबल हस्तान्तरण गरेपछि अध्यक्ष अधिकारि सँगै नयाँ समितिले पदभार ग्रहण गरेको हो । कार्यसमितिमा बाँकी रहेका अन्य पदाधिकारीहरुको नवनिर्वाचित अध्यक्ष अधिकारिले मनोनित गरी समितिलाई पूर्णता दिएका हुन् । लायन्स वर्ष २०२२/०२३ का लागि अध्यक्ष अधिकारी सँगै निवर्तमान अध्यक्ष भानुभक्त पौडेल सहित २७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएपछि सवै पदाधिकारीहरुको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
यसरी सर्वसम्मत साथै मनोनित भएका यस क्षेत्रका सामाजिक अभियन्ताहरु क्रमशः सत्यराज अधिकारि सहित पहिलो उपाध्यक्ष सन्तोष थापा , दोस्रो उपाध्यक्ष सुजन सापकोटा , तेस्रो उपाध्यक्ष किरणशसि सुबेदी , सचिव चिन्तामणि चापागाईं , कोषाध्यक्ष दिपक पोख्रेल लगायतका २७ सदस्य र १ संरक्षक गरि जम्मा २८ जना रहेका छन्।

