ओलीलाइ जसपाको विस्वास मत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट आइतबार गराएपछि जसपा यस्तो निष्कर्षमा पुगेको हो ।

जसपा कार्यकारिणी समिति सदस्य केशव झाले ओलीलाई विश्वासको मत दिने प्रस्ट पारे । तर, आफूहरूले उठाउँदै आएको माग सम्बोधन गरेपछि मात्रै विश्वासको मत दिने सर्त अघि सारिएको उनले बताए ।

 

‘हामीले उठाउँदै आएको केही माग पूरा भएको र केही पूरा हुने प्रक्रियामा छ, ती माग सम्बोधन भएपछि पार्टी निर्णयपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्छौं,’ झाले भने, ‘पार्टी बैठक बसेरै यस विषयमा छलफल गरेर ठोस निर्णय गर्छौं ।’

प्रधानमन्त्री ओलीले केही समयअघि जसपाले उठाउँदै आएको मुद्दा फिर्ता माग मन्त्रिपरिषद् बैठकबाटै सम्बोधन गरिसकेका छन् । केही मुद्दा फिर्ता प्रक्रियामा रहेको जसपाले जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 11 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:०८
    • 22 views
    अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

    काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *