
माधव सुवेदी, वैशाख,२६ नवलपुरः
पुर्वि नवलपरासीको रजहरमा सञ्चालीत प्राकृतिक चिकित्सालयले कोभिड १९ को दोश्रो भेरियण्टका विरामीहरुलाइ उपचार सहज वनाउन सकारात्मक भएको छ ।
वैशाख २६ गते आइतवार देवचुली नगरपालीका नगरप्रमुख पुर्ण कुमार श्रेष्ठको अध्यक्षमा सम्पन्न वैठकमा विशेष अतिथिहरुमा चिकित्सालयका अध्यक्ष सन्त वहादुर क्षेत्रि , प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देल,नगर प्रवक्ता डिल वहादुर खत्रि,देवचुली १६ का वडाध्यक्ष केशर वहादुर क्षेत्रि, चिकित्सालयका वरिष्ठ उपाध्यक्ष पेउ नारायण न्यौपाने, महिला उपाध्यक्ष लक्ष्मि वस्ताकोटी,सचिव प्रदिपराज घिमिरे,कोषाध्यक्ष नेत्र वहादुर पाण्डे,नगर स्वास्थ साखा प्रमुख रामकुमार श्रेष्ठ, दुम्कौली प्राथमिक स्वास्थ चौकीका डाक्टर अमरनाथ झा चिकित्सालयका निर्देशक विनोद पौडेल , व्यवसायी तथा समाजसेवी रामकृष्ण श्रेष्ठ, व्यवस्थापक हरि सापकोटा स्थानिय वुद्धिजिवी समाजसेवी पत्रकार लगाएतकाको उपस्थीति रहेको थियो ।
सामुदायिक चिकित्सालयका निर्देशक विनोद पौडेल र व्यवस्थापक हरिप्रसाद सापकोटाले कोभिडको महामारीभर सहयोगी भुमिका निर्वाह गर्ने र भोलेन्टिय सेवा पारिश्रमिक नलिने एनसन्चार मार्फत प्रतिवद्धता जाहेर गर्नुभएको छ । सापकोटाले कोभिडमा काम गरेवापत प्राप्त हुने पारिश्रमिक नगरपालिकाको कोभिड संचालन कोषमा सहयोग गर्ने बताउनुभयो ।
बैठकले कोविढको पहिलो लहर भन्दा अहिले फैलिदै गरेको लहर अत्यन्तै घातक सावित हुदै गएकोले यसवाट संक्रमित विरामीहरुलाइ उपचारका लागी अत्यावस्यक सामाग्रीहरु उपलव्ध गराउने र समग्र व्यवस्थापनको जिम्मा देवचुली नगरपालीको रहने समेत वैठकले निर्णय गरेको छ ।
साथै तत्काल आवस्यक स्वास्थ उपकरणहरु क्रमसः अक्सिजन सिलिन्डर ८० थान,पल्स अक्सिमिटर १५ थान र आवस्यक औषधीहरुको व्यवस्थाको लागी डिसिसिएमसि र निर्देशन समिति मार्फत गण्डकी प्रदेश सरकार सग माग गरिने समेत वैठकले निर्णय गरेको छ ।