३ पुस, काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले शुभकार्यको शुभारम्भ गर्दा देवीदेवताहरु सम्झने परम्पराअनुसार नै आफूहरु पशुपतिनाथ दर्शन गर्न पुगेको बताएका छन् ।
मंगलबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेका लिङ्देनसहितका मन्त्रीहरु पशुपतिनाथ मन्दिर पुगेका थिए ।
उनले भने, ‘शुभकार्य सुरु गर्नुअघि देवीदेवताको दर्शन गर्न जाने नेपालीहरुको चलन रहेको छ । सोही परम्परा अनुसार हामी पनि पदभार ग्रहण गर्नु अघि पशुपतिनाथ मन्दिर दर्शन गर्न गएका हौं ।’

