
स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले दुई जना उत्कृष्ट कृषकलाई जनही १ लाख नगद पुरस्कार प्रदान गरेको छ।
गाउँपालिकाले १२ औं गाउँसभामा एकीकृत कृषि तथा पशुपालन फर्मका संचालक ओमबहादुर थापा र मौसम एग्रो फर्मका संचालक दिनेश रानालाई नगद पुरस्कारसहित सम्मान गरेकाे हाे । थापाले कृषितर्फको उत्कृष्ट पुरस्कार पाउनुभएको हो । साथै रानाले पशुपालन तर्फको उत्कृष्ट पुरस्कार पाउनुभएको हो। कृषितर्फ उत्कृष्ट हुनुभएका थापाले विगत ३ वर्षदेखि कृषि व्यवसाय गर्दै आउनुभएको छ ।
‘समृद्ध बिरूवावासी, सुखी विरूवावासी’ को नाराको व्यवहारिक रूपमा कार्यान्वयन गर्नका लागि अग्रसर भएकाे गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले बताउनुभयो। युवाहरूलाई कृषि व्यवसायतर्फ आकर्षित गर्न कृषि तथा पशुपालन व्यवसायमा आवद्ध पालिकाभित्रका उत्कृष्ट कृषकहरूलाई गाउँ सभामा पुरस्कृत गरिएको उहाँको भनाइ छ ।
विनियोजन ऐन, आर्थिक ऐन, गाउँ प्रहरी ऐन, प्रज्ञा प्रतिष्ठान ऐन, बालिबलिकाको अधिकार सम्बन्धि ऐन, प्रशासकीय कार्यविधि ऐन, कार्यविभाजन नियमावली लगायतका एक दर्जन भन्दा बढी ऐन, नियमावली र प्रतिवेदन सर्वसम्मत पारित गर्दै पालिकाको १२ औं गाउँ सभा सम्पन्न भएको छ ।