आफैंले विघटन गरेको संसदमा विश्वासको मत माग्ने नैतिकता प्रधानमन्त्रीलाई छैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैले विघटन गरेको संसदमा विश्वासको मत माग्ने नैतिकता प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभएको टिप्पणी गरेका छन्।

सोमबार संसदलाई संवाेधन गर्दै प्रचण्डले ओलीलाई विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयम् ओलीलाई पनि नभएको बताए। उनले ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न पनि आग्रह गरे।

प्रचण्डले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन। प्रधानमन्त्रीले अघि मतको लागि आग्रह गर्नुभएको छ। तर उहाँलाई पनि राम्रोसँग थाहा छ, यो सदनले उहाँलाई विश्वासको मत दिँदैन। उहाँले बुझ्दाबुझ्दै पनि अपिल गर्नुभएको छ। यो उहाँको अपीललाई लोकतान्त्रिक प्रक्रियाको रुपमा सम्मान नै गर्न चाहन्छु ।’

 

ओलीको कार्यशैलीकै कारण विश्वासको मत प्राप्त गर्ने स्थिति नभएको भन्दै उनले बरु ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन मार्ग प्रशस्त गर्न विगतमा पनि आग्रह गरेको र अहिले पनि त्यही सुझाव दिने उनले बताए। ओलीलाई अहिले पनि संसद विघटनको निर्णय सही नै लागेको उनले बताए।

‘तपाईलाई सुरुमा संघीयता मन परेको थिएन। इरिटेड लागेको जस्तो थियो। आँधिहुरी आएपछि मानि दिएँ भन्ने ठान्नुभयो। अहिले पावरमा पुगिसकेपछि यसलाई कुल्चेरै हिँड्छु भन्ने लागेको हो?’ प्रचण्डले प्रश्न गरे। 

‘म खुसी छैन। के सोचेर संविधान बनायौं र अहिले तीन वर्ष नबित्दै अविश्वास प्रस्ताव जस्ता दुष्चक्रमा फस्दैछ’, उनले भने, ‘सरकारका गतिविधिले संविधानलाई नै कोरोना लागेजस्तो अवस्थाबाट गुज्रनुपरेको बताए।

उनले यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को ? भन्दै देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट आन्दोलनमा मुख्य संकट कसका लागि आयो प्रधानमन्त्री जी भन्दै प्रश्न गरे।

उनले आफुलाई प्रधानमन्त्रीले राष्ट्रिय समस्या भनेको सुनेको भन्दै आफु कि तपाई राष्ट्रिय समस्या हो ? भनेर प्रश्न गरे।  उनले बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्रधानमन्त्री ओलीले नै तुहाउने गरेको आरोप लगाउँदै पार्टीभित्रको लोकतान्त्रिक बहसका कारण संसद विघटन गरेर लोकतान्त्रिक कदम थियो भनेर प्रश्न गरे।

प्रधानमन्त्रीले ठूलठूला आमसभा गरेर कोरोना फैलाएको प्रचण्डको आरोप छ। प्रधानमन्त्रीले खासै काम गर्न नसकेको भन्दै प्रचण्डले गरेका कामको भन्दा नगरेका कामको धेरै प्रचार गरेको बताए।

प्रधानमन्त्रीले सबैलाई विश्वासकाे मत  दिन भनेकाे सुनाउँदै प्रचण्डले प्रधानमन्त्री बाहेक सबैले  विपक्षमा मत हालेर इतिहास रच्न अनुराेध गरे।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 12 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 62 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *