राजेश साेनाम, माघ २०, कावासाेतीः  किसानहरु अहिले खेतबारीमा लगाएको खेती देखेर दङ्ग छन् ।  किसानको खेतमा अहिले तोरि,गहुँ ,मटरकोशा, लत्तरि, मोसुरो, ब्राेकाउली लगायत आलु,काउली,लसुन,मुला,साग,धनिया लगायतका खेतिहरु छन ।

May be an image of grass

किसानले सोचे जस्तै खेतिबालि भने राम्रो भएको छैन । समयमा पानी नपर्नु पनि यस्को मुख्य कारण बनेको छ । पानी परिहाले पनि बालिलाइ चाहिने भन्दा कहिले कम र कहिले बढी हुँदा हैरानी ब्यहोर्नु परेको गुनासो छ साथै शितलहरले उस्तै दु:ख दिईरहेको छ,शीतको कारणले पनि बालिनाली राम्रो सङ्ग सप्िरन पाएको छैन।

May be an image of nature

अहिले त झन छाडा पशुचौपायको कारण किसानहुरुले दु:खशास्ती खेप्नु परेको स्थानीय बताउछन् , यस्को समयमै उचित ब्यवस्थापन हुन नसके हामीले अझ ठुलो क्षति ब्यहोरनु पर्नेमा गुनासो गरे। रातदिन कुर्नु पर्ने र कुर्दा पनि कताबाट छिर्छ थाहै नहुने ठुलो र फराकिलो ठाउ भएको हुँदा हामिले झन्झट ब्यहोरनु परेको गुनासो सुनाय ।

No description available.

जाडो समयमा त झनै दुख हुने राती १२/१ बजेको समयमा हुस्सु बाक्लो लाग्ने हुनाले बढी खत्रा भएको स्थानीयले बताय । रातको समयमा बाहिर निस्कनु पर्दा जंगली जनावरले कहि कतैबाट आक्रमण गर्छ कि भन्ने मनमा डरत्रास भएको स्थानीयको गुनासो छ ।

समय समयमा जंगलमा चितुवाले बाख्रा समातेको खबरले गर्दा स्थानीयको मनमा रातबिखयमा उढनु सधैं डरत्रासको विषय बनेको छ त्यैसैले समयमै सम्बन्धित निकायको यस विषयमा ध्यान जान जरुरी देखिन्छ, हुन त कही कतै स्थानीयहरुले छाडा पशुचौपायाको अस्थायी रूपमा खाना र बस्नको लागि नजिकैको खुल्ला चउरमा ब्यवस्थापन गरेको दृश्यहरु देख्न र सुन्नमा आउने गरेका छन् तर यो दीर्घकालीन समस्याको समाधान भने होइन यस्लाइ पनि समस्याको रूपमा हेरिएको छ ।

May be an image of nature

बाटोभरी लाइन लाएर हिड्ने अरुको बाली खान खेतबारीमा पस्ने खान कै लागि छट्पटायर कराउदै-कराउदै हिडेको यो दृश्यले धेरै किसानको मन रोयको छ स्थानीय एक वासिन्दाले भने, कसैले पनि यस्तो नगर्नुस् भन्दै स्थानीयहरुले समय समयमा पानी र पराल दिने गरेको छन ।

कतै कतै त दुध दिदा र खादा सम्म पाल्ने र दुध दिन छोडे पछी छाडा छोडी दिने गर्नाले पनि यस्तो समस्या आएको स्थानीयहरुको गुनासो छ । यस्तो कुराको ख्याल राखी छाडा छोड्नेहरुलाइ दण्ड जरिवानाको ब्यवस्था गर्नु पर्ने माघ समेत उठ्न थालेको छ ।

खेतिबाली भित्र्याउने बेलामा मुख-मुखमा आएको बाली बिगृदा भक्कानो छोडेर रुन मन लाग्ने स्थानीय एक सुनिता नेपाली बताउनु हुन्छ । बर्षभरी दुख गरेर खतिपाती गरेयो स्यार्ने बेलामा के-के हुन्छ के-के, यस्को जिम्मा कस्ले लिने हामी गरिबलाई जति गरे पनि उस्तै,ओरालो लागेको हरिनलाई राम राम भन्न सकिन्छ काथ थाप्न सकिन्न भने जस्तै,हामिले खेती गर्यो कहिले हरिन आउछ त कहिले बदेल,कहिले छाडा गाइगोरु अब यस्ता खालका समस्याहरु बाट किसानले मात्रै होइन हामी सबैले छुटकारा पाउन जरुरी छ।

सम्बन्धित निकायको ध्यान यस विषयमा बेलैमा जाओस र सबैले आ-आफ्नो ठाउबाट जति सक्दो सहयोग गरौ । किसानले लगाएको बाली सुरक्षित रूपमा भित्र्याउन बातावरण सिर्जनाका लागी  हालेमालो गर्नु जरूरी छ  ।