शास्त्र अनुसार झुक्किएर पनि यी तीन समयमा सुत्नुहुदैन

हिन्दु धर्म अनुसार शास्त्रले कतिपय कुराहरुलाई बर्जित गरेको छ । शास्त्र अनुसार हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पुर्याउनुपर्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पुर्याउनुको साथै हानिकारक मानिन्छ । शास्त्र अनुसार झुक्किएर पनि सुत्नु नहुने समयहरु निम्न अनुसार छन् ।

१. घाम झुल्किएपछि
शास्त्र अनुसार घाम झुल्किएपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी रिसाउँछिन् । त्यसरी सुत्ने ब्यक्तिहरु जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । मानसिक तनाव हुने मात्र होइन, स्वास्थ्य पनि राम्रो हुँदैन ।

२. मध्यान्नको समय
मध्यान्नको समयमा पनि कहिल्यै सुत्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । विशेषगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी बढ्ने समस्या देखिन्छ । शास्त्र अनुसार मध्यान्नमा सुत्ने मानिस रोगी हुन्छ ।

३. घाम अस्ताउने बेला
घाम अस्ताउने बेला पनि कहिल्यै सुत्नु हुँदैन । शास्त्र अनुसार घाम अस्ताउने समय भनेको पुजा अर्चना गर्ने समय हो । विनाकारण यो समयमा सुत्ने व्यक्तिले कहिल्यै सफलता पाउन सक्दैन ।

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ कार्तिक २४, शनिबार १५:५१
    • 60 views
    यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

    दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि…

    विस्तृत.....

    • २०८१ कार्तिक १३, मंगलवार ०६:१३
    • 67 views
    हप्तामा कतिपटक यौन सम्बन्ध राखेको राम्रो ?

    काठमाडौं । अहिले गाँस, बास र कपासपछि यौनलाई पनि आभारभूत आवश्यक्ताको रुपमा लिन थालिएको छ । यौन आधारभूत आवश्यकता हो भन्ने त सबैलाई थाहा छ तर, यौनसम्पर्क कति समयमा राख्नुपर्दछ भन्ने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *