पाँच मिनेटको अन्तरमा धमाधम बिरामीको मृत्यु हुन थालेपछि स्वास्थ्यकर्मीको रुवावासी ।
काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पाँच मिनेटको अन्तरमा दुई जना संक्रमितको मृत्यु भएको छ । विराटनगर–१४ मोरङका ४८ वर्षीय पुरुष र कोशी गाउँपालिका–१ सुनसरीका ४३ वर्षीय पुरुषको मृत्यु भएको हो ।
दमबाट पीडित मोरङका पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन अस्पताल भर्ना गरेर उपचार गर्दागर्दै राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मोरङका पुरुषको मृत्यु भएको पाँच मिनेट पछि धरानका पुरुषको पनि मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । धरानका पुरुषमा यही वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई वैशाख १६ गते अस्पताल भर्ना गरिएको थियो ।
अन्य दीर्घरोग नभएका उनको गएराति नौ बजेर पाँच मिनेटमा मृत्यु भएको डा. पोखरेलले जानकारी दिए ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले