निस्चल गौडेल : द्ववादसी तिथि, १५ असार २०८० : DSLR क्यामेराले फोटो खिच्दा पछाडिको दृश्य ब्लर गरेको जस्तो देखीने धुमिल अनुहार मात्रै याद छ बा मलाइ तिम्रो ।
असार १५ तुलसि रोप्ने एकादशी जब आउँछ मेरो लागि अन्धकार दिन यो भन्दा अरु सायदै हुन सक्ला ?

किन त्यति धेरै त्यागी हुनुपरेको अरुले भन्यो भन्दैमा वचन त्याग्न नसक्दाको प्रतिफल भोग्नु हामिले परेको छ ।
ती त्यसरी पठाउनेहरुले त्यो दुखमा हामिलाइ खै के कति सहयोग गरे र बा ?

एकछिन बिचरा भने त्यस्पछी चिन्दै नचिनेको जस्तो गरि चुप लागे ।
३०/३२ बर्शको उमेरमा ५/६ बालबच्चा अझ कान्छी बहिनी मात्रै ९ महिनाकी छोडेर अन्तर्ध्यान भयका हौ नि बा तिमि

कसरी आज यो ठाउँ सम्म ल्याइन होला बिचरी ती आमाले ।
आजसम्म पनि आमालाइ मनले खोजेजस्तो खुसी र इच्छा चाहना पुरा गरिदिन सकेको छैन बा मैले पनि ।

जिन्दगिका कयौ कठिन घडि पार गरेर आज यो ठाउँमा उभिन सक्ने बनायकी छन आमाले । सक्नेले के कति गरे देखियकै छ बा म त दलदलमै छु मनले चाहेर पनि केही गर्नै सकेको छैन बा ।
एकादसीको दिन वरको बिरुवा खोज्न गयका बा आज लगभग ३० बर्श भैसक्दा पनि फर्केनौ बा कहाँ छौ तिमी एकपटक सपनामै भयपनी दर्शन देउ न मलाइ ।

सायद ३/४ बर्शको थिय होला अनुहार पनि याद छैन ।
मेरा बा यस्ता थिय भनेर वर्णन गर्न सक्ने अवस्था पनि भयन मेरो त ।
यदि अनुहार याद हुन्थ्यो भने स्केच बनायर राख्थे बरु ।

एकादसीको दिनबाट हरायका बा दिनभर कहि कतै खबर भयन भोलि पल्ट मात्रै कहि कतै बाट थाहा पायर खोजी गर्दै जादा सिखारिको थान मुनि संसार छोडी सकेको अवस्थामा भेटियछौ ।
एकादशीको दिन त्यो चर्को घाम रातिको त्यो मुसलधारे पानि ।
कति दुखसग गयो होला बा तिम्रो प्राण ?

हामी तरकारिका चिचिला जस्ता छोरा छोरि अनि आमा को याद कती आयो होला तिम्लाइ ?

बिरुवा उखेल्न लाग्दा उछिट्टियर तल बजारियौ होला त्यो अनकन्टार भिर ।
कति करायौ होला बा ? कति बोलायौ होला हामिलाइ अनि कोहि मान्छेले सुनिहाल्छ र उद्दार पाइहाल्छु कि भन्ने आसा कति थियो होला बा तिम्रो मनमा ?

भोलिपल्ट बिहान हजुरआमा तिमी खसेको ठाउभन्दा माथी गयर हेर्दा पनि देखियनौ रे ।
आमा गयर त्यो पाखो पुरै खोज्दा पनि भेटियनौ रे ।
पछि खोइ गाउकै कोको खोज्न जादा बल्ल भेटियछौ । बसिरहेकै अवस्थामा अनि नमस्कार गरिरहेको निस्प्राण शरीर सहित ।

हामी यस्ता चिचिला छोडेर जानुपर्दा त्यही पनि कालले दया गरिहाल्छ कि भनेर बिन्ती बिसायका थियौ होला है बा दुई हात जोडेर ?
पापि कालले किन सुन्थ्यो र तिम्रो बिलौना अनि तिम्रा चिचिला सन्तान र अधबैसे श्रीमतीको चिहिलबिहिल ।
गाउभरी हल्ला फैलियो यसरि भेटिय रे भन्दै ।

देउरालिमा थिए खेल्न गाको ३/४ बर्शको बच्चा त भए । थाहा पायपछी दौडेर चौरमा गए । साइला बा अनि स्यामा मामा हुन कि ठ्याक्कै याद आयन । साइला बा चाइ पक्कै हुन चोया काड्दै रैछन ।

खोइ को को हुन कपडा किन्न बजार गयछन । मान्छेहरु जम्मा भैसकेका थिए ।

चोया किन काढेको भन्ने कुरा पनि बुझ्न नसक्ने अवस्थाको म । बा भेटिय भन्ने थाहा पायर देख्न दौडेको कसैले त्यता तिर जानै दियनन ।

सायद त्यतिबेला तिम्रो अनुहार देख्न पाएको भएपनी सायद अहिले तिम्रो अनुहारको दर्शन पाउनको लागि यति रुनु पर्थेन होला बा ।

चौरबाटै फर्काइदिए मलाइ ।
तिमी निस्प्राण छौ अब कहिलै फर्केर आउदैनौ भन्ने के थाहा म अबोधलाइ ।

दौडेर देउरालिमै पुगे । हजुरबा,हजुरआमा, दिदीबहिनीहरु, गाउलेहरु जम्मा भएर रुवाबासी गर्दै चिच्याउदै गरेको सुने ।

हजुरआमा बाबू मलाइ किन छोडेर गइस भन्दै रुदै गरेको याद छ मलाइ ।

अनि दिदीहरु पनि बा हो भन्दै चिच्याउदै रुदै गरेको सम्झना छ ।
आमा र दाइ लाई कता कस्ले लियर गयो भन्ने पनि थाहा थियन मलाइ ।

पुरानो स्कुल बार्दली हालेको बार्दलीमा बसेर पिल्पिल हुँदै यता उता गरिरहेको सम्झन्छु ।

रुवाबासी चलिरहेकै थियो त्यस्को करिब १ घन्टापछी मान्छेहरु सेतो बाटो समातेर देउरालीतिर आउदै थिए ।
पहेलो कपडा भित्र बेरियर आयछौ बा तिमी पनि ।

तिनै मानिसहरुको पछि पछि दाइ पनि सेतो कछाड बेरेर हातमा अङ्खरा बोकेर कपाल खौरेको अवस्थामा पछि पछि दौडदै गरेको देखे ।

म झन झसङ्ग भए । पछि दौडदै थिए खोइ कस्ले रोक्यो याद छैन ।
एक्छिन पछि आमालाई पनि लियर आए ।
कपाल फुकेको सेतो कपडा लगायको रुदै रुदै पछि पछि आइरहेको आमाको त्यो दृश्यले मलाइ झन भावव्हिवल बनायो ।
रुवाबासीको झन सिमा रहेन । मल्याङ्ग्दी खोलामा लगेर खरानी बनायर छोडे बा तिम्लाइ आमाको रुपरङ्ग नै मेटियो अनि हाम्रो भाग्य कर्म सबै खोटियो ।

तर बा तिमी मरेउ भनेर सबैले भन्थे मैले तिमी जिउदै छौ होला गाउलेहरुले कुनै मुडा बोकेर लागि जलायका होलान एकदिन फर्केर आउछौ भन्ने मनमा आसा बोकेर बसेको सायद १० बर्श पुगिसकेको हुदो हो ।

उमेरले करिब १४/१५ टेकेपछी हाम्रा बा सधैका लागि गएका हुन अब फर्केर आउदैनन भन्ने कुराको बिस्तारै बिस्वास गर्न थालेको हो बा मेरो मन र मस्तिष्कले ।

त्यसपछिका दिनहरु कति काला भए होलान हाम्रा यो भनेर व्याख्या गरेर सकिने अवस्था छैन बा ।

बिचरी आमाले आज यो ठाउमा उभ्याउन गरेको संघर्श बलिदानी र त्यागको कुनै लेखाजोखा नै छैन बा । त्यो समर्पणको हिसाबकिताब न त गरेर नै सकिन्छ न त त्यस्को हिसाब तिरेर नै सकिन्छ ।

ब्रह्माण्ड त्यती विशाल छैन होला जति ठूलो त्याग आमाले हाम्रो लागि गरेकी छिन । यस्ती आमालाइ धरधरी रुवाउनेलाइ मैले कसरी माफ गर्न सक्छु होला र बा ?

अहिले ३०/३२ बर्श भैसक्यो बा मेरो उमेर ।
तिमी छोडेर गयको पनि सायद २८/२९ बर्श भो होला अझै पनि कतिबाट आउछौ कि जस्तो लाग्छ बा मलाइ ।

तिम्ले गर्ने व्यवहारहरु याद छ बा ।
म पछि पछि दौडिने हातको इसाराले आइज आइज भन्दै अगाडि अगाडि हिडेको अस्ति जस्तै लाग्छ बा ।

तर पछाडि बाट तिम्रो बनोट एस्तै थियो भन्ने याद हुदाहुँदै पनि क्यामेराले ब्लर गरि खिचेको फोटो जस्तै तिम्रो अनुहार मेरा लागि किन धुमिल छ बा ?

प्लिज बा सपनामै भयपनि आयर दर्शन देउ न ।
तिम्रो भौतिक सरिरको उपस्थिती नभयपनी सपनामा त दर्शन देउ न ।

सबैले देख्छन रे बा तिमिलाइ सपनामा ।
मैले मात्रै किन देख्दिन बा ?
भगवान हुन्छन रे मरेपछी भन्छन । तिमिलाइ मेरो माया लाग्दैन बा ? तिम्रो प्यारो कान्छो छोराप्रती दया जाग्दैन बा ?

जहाँ जान्थ्यौ त्यही लान्थेउ खान मन लागेको खुवाउथेउ लगाउन मन लागेको लगाइदिन्थेउ ।
सायद मलाइ जति माया दाइ दिदिलाइ गरेउ या गरेनौ थाहा छैन बा तर अहिले सपनामा पनि दर्शन दिन किन कन्जुस्याइँ गर्छौ बा ?

कति भोगे कति भोग्न छ बा पित्री भयौ बाटो केहि त देखाइदेउ न म सारै दुखी भय बा ।

तिम्रो प्यारो छोरो अहिले पिडित छ बा । प्रगती गर्न नसकेका बाउकै सम्पती भन्दा १ इन्च बढन नसकेकाहरुले पनि केही गर्न सकेन भनेर हेपेजस्तो लाग्छ बा मलाइ आजकल त ।

के हेरेर बस्छौ बा अब त केही टुङ्गो लगाइदेउ न बा केही बाटो देखाइदेउ न बा ।
अहिले सम्म पनि कतैबाट आइहाल्छौ कि भनेर बाटो हेरेर बसेको मेरो मनलाइ सपनामै भयपनी दर्शन दियर तृप्त गराइदेउ न बा ।

बा आज तिम्रो श्राद्द तिमिलाइ सक्ति र क्षमता अनुसारको कर्म पूरा गरेको छु ।

यो श्राद्दबाट तिम्लाइ मिल्ने फल मिलोस है बा ।
स्वर्गलोकमा कुनै पिडाकष्ट भोग्न नपरोस बा ।
चिर शान्तिको कामना सहित आसिर्वादको कृपादृस्टिमा कुनै कसुर बाकि नराख्नु है मेरा बा ।

धेरै धेरै सम्झना मेरा बा •••••••••••••••••••