नेपाल सुपर लिग : काठमाडौं बन्यो पहिलो च्याम्पियन

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स ले जितेको छ। शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो।

 

 

त्रिपुरेश्वरस्थित दरशथ रंथशालामा सम्पन्न खेलको पहिलो हाफमा काठमाडौंले धनगढी विरुद्ध १ गोल गर्दै अग्रता बनाएको थियो। खेलको २२ औं मिनेटमा काठमाडौंका मेसुके ओलुमेउले गरेको गोल नै निर्णायक बन्यो।

पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल एनएसएलले आफ्नो पहिलो च्याम्पियन पाएको छ। पहिलो च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख जितेको छ। दोस्रो हुने धनगढीले नगद १५ लाखमा चित्त बुझाएको छ। प्रतियोगिताका विधागत तर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले नगद एक-एक लाख पाउने छन्।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा सात टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए। २१ दिन र २४ खेलपछि फाइनल पुगेका धनगढी र काठमाडौं उपाधिका लागि भिडेका थिए। फाइनल अघि नै यी दुई टोलीले दुई पटक खेलिसकेका छन्।

दुवै खेलमा धनगढी विजयी भएको थियो। लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो। यस्तै पहिलो क्वालिफायरमा धनगढीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै काठमाडौंलाई २–१ ले हराएर फाइनलमा स्थान बनायो। काठमाडौंले भने फेरि अवसर पायो र दोस्रो क्वालिफायरमा ललितपुर सिटीलाई ३–० ले पराजित गर्दै पुनः धनगढीसँग उपाधि भेट पक्का गरेको हो। 

धनगढीसँग बेहोरेको दुई हारको बदला काठमाडौंले फाइनलमा लिएको छ। नेपाल नम्बर वान गोलकिपर तथा कप्तान किरण चेम्जोङको कप्तानीमा खेलको धनगढीले दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो।

नेपालको नम्बर दुई गोलकिपर विकेश कुथुको कप्तानीमा खेलेको काठमाडौंले उपाधि चुमेको छ। यसअघि दुई पटक हराइसकेकाले धनगढीले फाइनल खेल सहज ठाने पनि नतिजा ठिक उल्टो हुन पुग्यो।  लिगमा काठमाडौं सर्वाधिक ४ खेल जित्दै १३ अंक जोडेर पहिलो हुँदा १० अंक जोडेको धनगढी दोस्रो भएको थियो।

उद्घाटन खेलमै ललितपुर सिटीलाई १–० ले पराजित गरेको काठमाडौं दोस्रो खेलमा धनगढीसँग ३–० ले पराजित भएको थियो। धनगढी भने पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३–० ले पराजित भएको थियो तर दोस्रो खेलमै पुनरागमन गर्न सफल भएको थियो। 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष ६, शनिबार २०:३४
    • 26 views
    सकियाे एनपिएलः कालापत्थरको ढुंगामा लेखियो जनकपुरको नाम

    ६ पुस, काठमाडौं । नेपाली खेलकुद इतिहासमै सबैभन्दा ठूलो स्पोर्ट इभेन्ट मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेसँगै शनिबार सकिएको छ । आयोजना, पुरस्कार राशी, सहभागी टिमको…

    विस्तृत.....

    • २०८१ कार्तिक १३, मंगलवार १८:५८
    • 74 views
    राईनो कप फुटवलकाे फाईनल खेल बुधवार, नेपाल एपिएफ र नमोबुद्ध भिड्दै ।

    कावासाेती।  नवलपुरको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि बुधबार हुनेछ । फाइनल खेल नेपाल एपीएफ र नमोबुद्ध फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मध्यविन्दु नगरपालिका – २…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *