
स्वास्थ्य : घिउ कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ ।
एलोवेराको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमार रहन्न । जोड्नी दुखेमा रक्तसंचारको रुपमा एलोवेरालाई बेजोड् मानिन्छ । एलोवेराले कपाल चुडिनबाट जोगाउँने तथा कपाललाई सेतो हुनबाट रोक्ने गर्दछ । दैनिकरुपमा सुत्नुभन्दा अगाडी गोडामा लगाएमा गोडा फुट्नबाट बचाउँछ । यस्ले छालाको नरमपनलाई कायम राख्दछ ।
औषधिउपचार
१. आँखाको रोगमा
आँखाको रोगमा घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।
२. कानको रोगमा
कानको रोगमा घ्यू कुमारीको गुदी मनतातो पारेर २\३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।
३. मस्तिष्कको रोगमा
मस्तिष्कको रोगमा नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।
४. पुरानो ज्वरोमा
पुरानो ज्वरोमा घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ ।
५. जण्डीस, कमलपित्त भएमा
जण्डीस, कमलपित्त भएमा बिहान बेलुका १\१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।
६. खटिरामा
खटिरामा घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।
७. वायुगोला\गानो गएमा
वायुगोला\गानो गएमाः १ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।
८. चिनी रोग (डाइबेटिज) मा
चिनी रोग (डाइबेटिज) मा १ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।
९. यौ’वन’वान बनिरहन
यौ’वनवा’न बनिरहन २ चम्चा घ्यू कुमारीको गुदी बिहान\बेलुका खाने गर्नाले कुनै रागले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ ।
१०. कुनै पनि विषमा
कुनै पनि विषमा घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ । यसलाई मालिसको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।
११. टाउको दुखेमा
टाउको दुखेमा घ्यू कुमारीको लेदो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टाउको दुख्ने ठीक हुन्छ ।
१२. पेटमा गाँठो देखिएमा
पेटमा गाँठो देखिएमा घ्यू कुमारी तताएर पेटमा गाँठो भएको ठाँउमा बाँध्नाले गाँठो ठीक हुँदै जानेछ ।
१३. बच्चालाई कब्जिएत भएमा
बच्चालाई कब्जिएत भएमा घ्यू कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ ।
१४. वाथ भएमा
वाथ भएमा घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ ।
१५. म’र्केको, चो’ट लागेको र सु’निएकोमा
मर्केको, चो’ट लागेको र सुनि’एकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चो’ट पनि ठिक हुन्छ ।
१६. दाद आएमा
दाद आएमा घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
कसरी बनाउन सकिन्छ घ्यूकुमारीको फेस प्याक ? जान्नुहोस
मह – घ्यूकुमारी प्याक
ताजा घ्यूकुमारीको पातलाई राम्ररी धोएर पानीमा उमाल्नुस् र यसलाई लेदो (पेस्ट) बनाउनुस् । यसमा थोरै मह हालेर प्याक बनाउनुस् । त्यो प्याकलाई अनुहार र घाँटीमा लगाएर २० देखि २५ मिनेटसम्म छाडिदिनुस् । त्यसपछि धुन सकिन्छ । यस्तो फेस प्याक हप्तामा दुईपटक लगाउँदा राम्रो हुन्छ ।
केरा – घ्यूकुमारी प्याक
एउटा पाकेको केरालाई राम्रोसँग मिच्नुस् । यसमा दुई ठूलो चम्चा घ्युकुमारीको जेल र दुई ठूलो चम्चा मह हाल्नुस् । यो तीन चिजलाई राम्ररी मिलाएर अनुहारमा घुमाई–घुमाई मसाज गर्नुस् र केही समयका लागि छाडिदिनुस् । त्यसपछि मनतातो पानीले धुनुस् । यो प्याक संवेदनशील छालाका लागि बढी उपयोगी हुन्छ ।
मसला बदाम – घ्यूकुमारी प्याक
मसला बदामलाई राम्ररी पिँध्नुस् । यसमा दुई चम्चा घ्यूकुमारीको जेल हाल्नुस् । यसलाई राम्ररी मिलाएर अनुहार र घाँटीमा लगाउनुस् । करिब १५ मिनेटपछि राम्ररी धुनुहोस् । यो प्याक ढल्कँदो उमेर भएका र सुक्खा छाला भएकालाई उपयोगी हुन्छ ।
काँक्रो – घ्यूकुमारी प्याक
घ्यूकुमारीलाई राम्ररी सफा गरेर यसको जेल निकाल्नुहोस् । एउटा काँक्रो कोरेसोमा कोरेर त्यसको रस निकाल्नुस् । त्यो रसलाई जेलमा मिसाउनुस् । त्यसमा अलिकति गुलाबजल पनि हाल्नुस् । अब प्याक तयार भयो । यसलाई अनुहार तथा घाँटीमा लगाएर २० मिनेट छाडिदिनुस् । त्यसपछि पानीले सफा गर्नुस् । यो प्याक संवेदनशील छाला हुनेलाई बढी उपयोगी हुन्छ ।
कागती – घ्यूकुमारी प्याक
अर्को एक प्रकारको उपयोगी प्याक घरमै बनाएर तपाईं प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि घ्युकुमारीको जेल तथा कागती चाहिन्छ । घ्यूकुमारीको जेलमा कागतीको रस मिलाएर हरेक दिन अनुहार र घाँटीमा लगाउनुस् । बिस्तारै अनुहार चम्कन थाल्छ । यो हरेक प्रकारको छालाका लागि उपयोगी हुन्छ ।
बेसन – घ्यूकुमारी प्याक
एक कचौरा घ्यूकुमारीको जेल निकाल्नुस् । यसमा बेसन, दही, गुलाबजल र सुन्तलाको बोक्राको धुलो मिलाएर बाक्लो लेदो बनाउनुस् । यसलाई अनुहार र गर्दनमा हप्ताको दुईपटक लगाउनुस् ।
केही समयपछि तपाईंले फरक महसुस गर्नुहुन्छ । यो प्याक सामान्य छाला हुनेका लागि उपयोगी हुन्छ । घ्यूकुमारीको फाइदाहरु बयान गरेर साध्य छैन । आगामी पोस्टहरुमा यसको अरु फाइदाहरुबारेमा बिस्तृत जानकारी दिने छौ । पोस्ट मन परेमा सेयर गर्न नबिर्सिनु होला ।