को कस्तो अवस्था बाट सफल हुन पुगे ? – प्रेरक प्रसंग :

जिन्दगीको कोहि मान्छेले ठुलो स्थान प्राप्त गरेको छ भने यो बुझ्नुस कि उसल एत्यो स्थान प्राप्त गर्नको लागि धेरै संघर्ष पनि गरेको छ । किनकि संघर्ष बिना कोहि पनि व्यक्ति सफल हुन सक्दैन । सजिलै पाएको कुरा धेरै दिन सम्म टिक्न सक्दैन र धेरै समयसम्म टिक्ने कुरा सजिलै पाउन पनि सकिदैन । आज हामीले यहाँ को कस्तो अवस्था बाट सफल हुन पुगे भन्नेबारे ३३ महान व्यक्तिको चर्चा गरेका छौ ।

१. खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।

२. ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने।

३. कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।

४. वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।

५. सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द आध्यात्मिक गुरू बने ।

६. साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।

७. सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।

८. भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।

९. चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।

१०. दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।

११. कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।

१२. कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।

१३. सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।

१४. लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।

१५. लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।

१६. मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।

१७. घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।

१८. पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।

१९. खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।

२०. अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।

२१. कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।

२२. गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।

२३. तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।

२४. पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।

२५. कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।

२६. स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।

२७. झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।

२८. थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।

२९. तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।

३०. हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।

३१. पन्ध्रै पटक हारेका अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।

३२. कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।

३३. मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।