रजनीकान्तको ‘जेलर’को अग्रिम बुकिङ हेर्दा ‘पठान’को रेकर्ड तोड्ने संकेत

साउन २५, एजेन्सी  : साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ हलमा रिलिज हुँदैछ। ‘जेलर’को अग्रिम बुकिङलाई हेर्दा यो फिल्मले बक्स अफिसमा कीर्तिमानी कमाइ गर्न सक्ने अनुमान गरिएको छ। फिल्मले अग्रिम बुकिङबाटै ३५ करोडभन्दा बढी कमाइसकेको छ।

रजनीकान्त र तमन्ना भाटिया अभिनित ‘जेलर’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ। यस्तो अवस्थामा ‘जेलर’ले बक्स अफिसमा उत्कृष्ट ओपनिङ गर्ने अपेक्षा गरिएको छ। रिपोर्टहरूलाई आधार मान्दा ‘जेलर’ले तमिलनाडुमा मात्र पहिलो दिन २० करोड ओपनिङ गर्न सक्छ।

पहिलो दिन ‘जेलर’ले विश्वभर ७० देखि ८० करोडसम्म कमाउन सकिने आँकलन गरिएको छ। फिल्मले भारतमा अग्रिम बुकिङबाट करिब २० करोड कमाएको छ भने ग्लोबल कलेक्सन अग्रिम बुकिङबाट ३५ करोडभन्दा बढी भएको छ।

‘जेलर’ले तोड्न सक्छ पठानको कीर्तिमान ?

‘पठान’ यो वर्ष भारतको सबैभन्दा धेरै कमाउने फिल्म हो। शाहरुख खानको ‘पठान’ले ओपनिङ दिनमा विश्वभर १०६ करोड कमाएको थियो। पठानले भारतमा मात्रै ५३ करोड कमायो। ‘जेलर’ले ‘पठान’को रेकर्डलाई तोड्न सक्ने अनुमान पनि गरिएको छ।

रजनीकान्त २ वर्षपछि फर्किए

‘जेलर’सँगै रजनीकान्त पनि २ वर्षपछि ठूलो पर्दामा फर्कँदैछन्। ७२ वर्षीय रजनीकान्त फिल्ममा ३३ वर्षीया तमन्ना भाटियासँग देखिएका छन्। यसबाहेक जेलरमा ज्याकी श्राफ, राम्या कृष्णन, योगी बाबु र विनायक जस्ता चर्चित कलाकार छन्। फिल्ममा मलयालम सुपरस्टार मोहनलाल र कन्नड स्टार शिव राजकुमारको क्यामियो रहेको छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०५
    • 6 views
    पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

    कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ । पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 6 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *