राष्ट्रियसभा उपनिर्वाचन सम्पन्न : ३ सय ३८ मत खस्यो ।

हेटौंडा : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ। 

प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा ३ सय ३८ मत खसेको छ । प्रदेश सांसद १ सय ९ जनामध्ये १ सय ५ मत मात्रै खस्यो। स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३८ मध्ये २ सय ३३ मत खसेका निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। 

मतदान सकिएपछि केहीबेरमा आवश्यक प्रक्रिया पूरा गरी मतगणना थाल्ने तयारी गरिएको छ। आजै नतिजा सार्वजनिक हुने छ। उपनिर्वाचनमा एमालेकै दुई जनासहित तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । 

उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनका तर्फबाट एमालेकै माधव नेपाल निकट डाक्टर खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिष्पर्धामा छन्। गृहमन्त्री थापा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरी राष्ट्रिय सभा सदस्य पद रिक्त गराएको हो । 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 41 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 17 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *