प्रकाश भुषाल ११ माघ, एन. सन्चारः कावासोती नपा ८ स्थित गण्डकी आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरुको शारिरिक, मानसिक, चारित्रिक एवम् नेतृत्वदायी भूमिकाको विकासको अवसरको विकास गर्न बिहिबारदेखि अन्तर सदनात्मक खेलकुद सप्ताह शुरु गरेको छ ।

नर्सरीदेखि कक्षा तीनसम्म तातो आलु, म्युजिकल चेयर, गणित दौड, चकलेट दौड, भित्र बाहिर, दौड १०० मी, स्कुलको लागि तयारी दौड लगायतका स्पर्धा छात्र र छात्रा का लागि छुट्टाछुट्टै हुनेछन ।

कक्षा ४ देखि ९ सम्म अन्तर सदनात्मक सामूहिक तथा एकल विधामा योगा, टेवलटेनिस, ब्याडमिन्टन, शटपुट, ज्याभलिन थ्रो , हाइ जम्प, लङ जम्प, फुटबल, रिले दौड, १०० मी, २०० मी, ४०० मी दौड, ट्रीपल जम्प, कबडी, म्युजिकल चेयर गरी करिब पन्ध्र बढि स्पर्धामा छात्र र छात्राहरुको बिचमा अलग अलग खेल खेलाइने कुरा विद्यालयका प्रधानाध्यापक जगत प्रसाद भट्टराईले बताउनुभयो ।

सो अवसरमा विविध स्पर्धामा सकेसम्म बढीभन्दा बढी विद्यार्थीहरु समावेश गरिने कुरा बताउदै बिजेतालाई एकल र सामूहिक रुपमा मेडल र ट्रफी प्रदान गरिने समेत भट्टराइले जानकारी दिनुभयाे ।
विकास, अनुशासन र गतिशीलताको माध्यमबाट सक्षम र जुझारु विद्यार्थी उत्पादन गर्ने क्षेत्र भनेकै विद्यालय र क्याम्पसहरु हुन । देश निर्माणका भविष्यका आधार विद्यार्थीले गर्ने र सिक्ने माध्यम खेलकुद नै हो ।

विद्यार्थीमा सामूहिकता, सहकार्यता तथा नेतृत्वदायी क्षमताको विकास गर्न सकेमा भोलि देशको नाम चिनाउन सक्नेछन । यी र यस्ता सुअवसरहरु सबै विद्यालयमा दिई सक्षम र उर्जावान युवा दस्ता निर्माण गर्नु आजको महत्वपूर्ण आवश्यकता हो ।

