काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक संसदबाट विश्वासको मत प्राप्त गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित २६८ सांसदमध्ये उनको पक्षमा १५७ मत परेको थियो । त्यस्तै उनको विपक्षमा १५७ मत र एक जना सांसदले कुनै पनि पक्षमा मतदान गरेका थिएनन् ।
कुनै दलले समर्थन फिर्ता लिएपछि त्यसको एक महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार संविधानको धारा १०० को उपधारा २ बमोजिम आज विश्वासको मत लिएका हुन् ।

