नारायणघाट बुटवल सडक आयोजनाको एकवर्षको वित्तीय प्रगति ४६.९८ प्रतिशत

कावासोती । ६ वर्षको अवधिमा ५२ प्रतिशत मात्रै काम सम्पन्न भएको  नारायणघाट बुटवल सडक आयोजनाले बजेट खर्च समेत गर्न सकेको छैन । यो आयोजनाले गत आ.व ०८०/८१ मा ४६.९८ प्रतिशत मात्रै बजेट खर्च अर्थात वित्तीय प्रगति गरेको हो ।

आयोजनाका लागि गत आवमा ७ अर्ब ४४ करोड ९२ लाख विनियोजन भएकामा ४६.९८ प्रतिशत मात्र खर्च भएको छ । अर्थात् ३ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ खर्च भएको हो । २०७५ चैत ८ मा निर्माण थालिएको यो आयोजनाको अहिलेसम्म ५३ प्रतिशत मात्र प्रगति छ । १ सय १३ किमि सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो ।

दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । यो म्याद सकिएकाले थप एक वर्ष थपिएको छ । कामको गति बढाउने गरी थप गर्ने निर्णय भएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए । ‘अब थपिएको समय भित्र काम सक्नुपर्छ,’ उनले भने, ‘दुवै साइड गरेर २६.५ किलोमिटर मात्र सडक कालोपत्र भएको छ ।’

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक स्तरोन्नति थालिएको हो । सुरु ठेक्काअनुसार ०७९ साउन २२ भित्र काम सकिसक्नुपर्ने समयसीमा थियो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । ‘काम सोचेअनुरूप भएको छैन,’ ढकालले भने, ‘छिटो काम सक्न दबाब दिइरहेका छौं ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार ११:१८
    • 6 views
    सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुने

    कावासोती । बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्ग छिचोल्ने अन्तिम कार्य (ब्रेक थ्रु) प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुन लागेको…

    विस्तृत.....

    • २०८१ माघ १, मंगलवार १६:१७
    • 6 views
    यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समय तालिका

    कावासोती । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *