दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउपुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले आज पक्राउ पुर्जी जारी गरेको हो ।

साइबर ब्यूरोले प्रसाइँसहित ३ जनाविरुद्ध पक्राउ गर्न अनुमति मागेको थियो ।

जसमा बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहाल रहेका छन् ।

उनीमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा पक्राउको अनुमति मागिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

उनीहरूलाई विद्युतीय कारोबार ऐन उल्लंघन गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो।

श्रेस्तेदार शर्माका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र काफ्लेको इजलासले प्रहरीलाई पक्राउको अनुमति दिएको हो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २६, शनिबार १५:३८
    • 33 views
    खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

    काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

    विस्तृत.....

    • २०८१ माघ २५, शुक्रबार ०८:२१
    • 85 views
    कावासोती खानेपानीका अध्यक्षको मेयरलाई सुझावः व्यवहार र स्वभाव बदल्नुस्

    रमेश बस्ताकोटी, नवलपुर:  कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष दिपकराज लम्सालले कावासोती नगरपालिका का मेयर बिष्णु प्रसाद भुषाललाई आफ्नो व्यवहार र स्वभाव परिवर्तन गर्न सुझाव दिएका छन्…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *