असोज ३ गते बिहीबार देखि धरहरा चढ्न पाइने
काठमाडौं । सुन्धरास्थित धरहरा असोज ३ गते बिहीबार देखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
उद्घाटन भएको लामो समयपछि धरहरा खुला गर्न लागिएको हो ।
हालसम्म ९५ प्रतिशत मात्रै काम सकिएको छ । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले भोलिबाट धरहरा सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको थियो ।
०७२ सालमा भूकम्पले भत्काएपछि पुनः पुरानै शैलीमा धरहरा निर्माण गरिएको छ । बाहिरबाट हेर्दा ११ तला देखिएपनि भित्रि डिजाइन भने २२ तलाको रहेको छ ।
यसअघि प्रधानमन्त्री बनेका बेला २०७८ साल वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए । काम नै नसकी धरहराको उद्घाटन भए पनि अहिलेसम्म खुला गरिएको छैन ।
पहिले भन्दा धेरै व्यवस्थित र सुविधासम्पन्न बनाइएको छ । तीन तला अन्डरग्राउण्ड पार्किङको समेत व्यवस्थापन गरिएको छ । साथै केही समय निशुल्क चढ्न पाउने व्यवस्था समेत गरिएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको