नवलपरासी — भारतीय तीर्थयात्री लिएर नेपाल आइरहेको भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ ।
महेन्द्रराजमार्गको दाउन्ने क्षेत्रमा शनिबार गुडिरहेको अवस्थामा उक्त कारमा आगलागी भएको हो ।
यात्रुहरुले तत्काल बाहिर निस्केर ज्यान जोगाएको प्रहरीले जनाएको छ । कारमा पाँच जना यात्रु सवार थिए । यात्रुको सामान र पैसा भने कारसँगै डढेको छ । के कारणले कारमा आगलागी भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार भारतबाट काठमाडौंस्थित पशुपतिनाथ दर्शनका लागि महेन्द्रराजमार्गको दाउन्ने आइपुग्दा उक्त कारमा अचानक आगलागी भएको हो ।