सैन्य विमान दुर्घटना : सेना प्रमुख, चालक दलसहित दशजना सैन्य अधिकृतको मृत्यु

एजेन्सी । नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम आताहिरुको विमान दुर्घटनामा मृत्यु भएको छ ।

उत्तर पश्चिम राज्य कदुना विमानस्थल नजिक सेनाको विमान दुर्घटनामा आताहिरुको मृत्यु भएको हो । दुर्घटनामा परेर चालक दल र अन्य दशजना अधिकृतहरूको पनि मृत्यु भएको छ ।

५४ बर्षिय जनरल आताहिरु गत जनवरीमा मात्रै सेना प्रमुख बन्नुभएको थियो । उहांले मुलुकमा जारी हिंसात्मक विद्रोह नियन्त्रणमा मुख्य भुमिका निर्वाह गरिरहनुभएका थियो ।

खराब मौसमका बीच विमान अवतरण गर्न खोज्दा उक्त घटना भएको सेनाले जनाएको छ । गत फेब्रुअरीमा मात्र नाइजेरियाको सेनाको एउटा विमान राजधानी अबुजामा धावनमार्ग छुने क्रममा दुर्घटना हुंदा विमानमा सवार सबै सात जनाको मृत्यु भएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार ०९:२२
    • 53 views
    लस एन्जलसमा लागेको आगो लगातार फैलिँदै : ५ जनाको मृत्यु, आपतकाल घोषणा

    काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो । वनमा लागेको आगलागीका कारण…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *