+
+
-- Sponsored Ad --

पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

157 पटक हेरिएको
Clock २०८१ माघ २३, बुधबार १२:४८
-- Sponsored --
कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक संस्था नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले जानकारी दिनुभयो।
 
साथै सोही दिन उद्योगमन्त्री दामोदार भण्डारीले धौवादी फलाम खानीको स्थलगत अवलोकन गर्ने समेत कार्यक्रम रहेको छ।
महोत्सवको प्रचार–प्रसार, विभिन्न जिल्ला तथा पालिाकास्तरीय उद्योग वाणिज्य संघ तथा केन्द्रीय महासंघ पदाधिकारी प्रतिनिधिलाई भेटघाट र निमन्त्रणा गर्दै काठमाडौं पुगेको टोलीले सोमबार मन्त्री भण्डारीलाई भेटेर समय तालिका निश्चित गरेको हो ।
 
पर्यटन, कृषि, उद्योग र व्यापारको उत्सव, समृद्ध नवलपुरका लागि आठौं नवलपुर महोत्सव भन्ने नाराका साथ हुने महोत्सवको पहिलो दिन जिल्लाका सबै जातजाती, संघसंस्था र विशेष गरी कावासोतीका सामाजिक, सामुदायिक, संस्थागत तथा निजी संघसंस्था, प्रतिष्ठान, उद्यमी समेतको वृहत सहभागीता सक्रियता र उपस्थितिमा शोभायात्रा निकालिने आयोजकले जनाएको छ ।
 
डण्डास्थित सनलाइट क्लवको मैदानबाट कलश, झाँकी सहितको शोभायात्राको ब्यवस्थापन मिलाईने को तयारी भएको पनि जनाईएको छ ।
विभिन्न धार्मिक, सांस्कृतिक, जातिय भेषभुषा–वाजागाजा सहितको झाँकीले डण्डा वजार परिक्रमा गर्नेछ ।
अंकुर सामुदायीक वन क्षेत्रको खुल्ला मैदानमा हुने महोत्सवका धेरै तयारी भईसकेको पनि आठौं नवलपुर महोत्सव सचिवालयले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win