एन. सन्चार, कावासोतीः नेपालकै पहिलो र विश्वमा दोश्रो दावी गरिएको नवग्रह मन्दिर अर्जुनचौपारी गाउपालिका १ केटीचौरमा निर्माण भएर अनुष्ठान समेत सम्पन्न भएको तमाम नेपालीजनमा सर्वविदितै छ ।

हिन्दु धर्ममा आस्था राख्ने जो कोहीले पनि कुनै पनि धर्म कार्य सम्पन्न गर्नुपर्दा नवग्रहको प्रतिमा स्थापना गरि पुजा आजा गर्न मान्यता रहि आएपनि अव भने नवग्रह पुजा विधिवत रुपमा नवग्रह मन्दिरमै गएर सम्पन्न गर्न पाइने भएपछि यस स्थानमा दैनिक जसो श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गरेको छ ।

१४४ वर्षपछी आउने महाकुम्भ मेला तथा महाशिवरात्रीको अवसर पारी अनुष्ठान सम्पन्न गरिएको सो नवग्रह मन्दिरमा करिव ५० हजार वढी भक्तजनहरुले दर्शन गरेको पालिकाले जारी गरेको तथ्याकंमा समेत उल्लेख छ ।
हरियाली र मनोरम डाडाको शिरमा अवस्थित भव्य नवग्रह संरचनाहरले समेत यस क्षेत्रलाइ सहजै पर्यटकिय गन्तव्यको रुपमा स्थापित गर्न महत्वपुर्ण भुमिका खेलेको कुरामा कुनै दुइ मत छैन ।
अनुष्ठानकै क्रममा वजारमा सार्वजनिक भजन गित नवग्रह को यसै मन्दिर परिसर तथा डाडा काडाहरुलाइ समेटेर म्युजिक भिडियो तयार गरिएको छ ।

यस भजन गितमा नवग्रहको शक्ति र नवग्रहले पार्ने सकारात्मक उर्जाको विषयमा प्रष्ट पार्न खोजिएको छ । भिडियोमा समेटिएका दृष्यहरुले यस स्थलको पहिचान भौगोलिक अवस्था दर्शाउनुका साथै मानव मस्तिष्कमा अध्यात्मिक चेतनको विस्तार गर्न महत्वपुर्ण भुमिका खेलेको छ । यस संरचनाले धार्मिक आस्था बढाउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण योगदान पुर्याउने जनविस्वास समेत रहेको छ ।

गाएक टेक नारायण चापागाइ र कमला अर्यालले निर्माण गरेको उक्त भजन गितमा स्वयं चापागाइ र लोकप्रिय गायिका देवी घर्तिको आवाज सजिएको छ । स्टुडियो मारुनी ले रेकर्ड गरेको अडियो गितको दृष्य निर्माण थ्रि स्टार मिडियाले गरेको हो भने अफिसियल मिडियाको रुपमा एन. सन्चार रहेको छ ।

भिडियाे हेर्न तल क्लिक गर्नुहाेस ।