धारिलो हतियार प्रहार गरी श्रीमती र छोरी घाइते

शनिबार राति पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १ ब्रिटिसक्याम्प स्थित बस्ने बर्ष ६३ को हर्कबहादुर राईद्वारा धारिलो हतियार प्रहार गरी श्रीमती र छोरीलाई घाइते बनाएका छन् । राति १२ बजेको समयमा घरायसी बिबादको कारण राईले आफ्नै श्रीमती ४६ बर्षकी धन कुमारी राई र १४ बर्षकी छोरी अनुस्का राईलाई धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । घाईतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । आक्रमणबाट धन कुमारी राईको बाँया हात र टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएकबो छ । त्यसैगरी छोरी अनुस्का राईको दाहिने हातमा चोट लागेको र अवस्था अवस्था मध्यम रहेको जनाइएको छ । खुर्पा प्रहार गर्ने हर्कबहादुर राई इलाका प्रहरी कार्यालय गैडाकोटको नियन्त्रणमा रहेको छ ।