मोटी श्रीमती माथि चढ्दा श्रीमानको मृत्यु ।

मोटी श्रीमती आफूमाथि चढेर थिचेपछि एक श्रीमानको निसास्सिएर मृत्यु भएको छ । श्रीमान श्रीमतीबीच विवाद भएका बेला रिसाएकी १ सय १ किलो तौलकी श्रीमतीले माथि चढेर थिच्दा ती श्रीमानको मृत्यु भएको हो । घटना रुसको साइबेरियाको हो । ती श्रीमती मदिराको नशामा रहेको समाचारमा जनाइएको छ । घटनामा बेला ती महिलाले अत्याधिक मदिरा पिएकी थिइन् र उनी आफ्ना श्रीमानलाई चुप गराउन चाहन्थिन् ।

न्यूयोर्क पोस्टको एक रिपोर्टअनुसार रुसका यी दम्पतीबीच कुनै कुरालाई लिएरविवाद सुरु भएको थियो र विवाद विस्तारै बढ्दै गयो । यस क्रममा श्रीमती तात्याना ओ मदिराको नशामा थिइन् । श्रीमतीले श्रीमान एइदरलाई माफी माग्न भनिन् तर श्रीमानले माफी मागेनन् । त्यसपछि रिसमा श्रीमती श्रीमानमाथि चढेर उनको टाउकोमा बसिन् । रिपोटर्छका अनुसार महिलाको तौल १०१ किलो थियो ।

उनी माथि चढेपछि उनका श्रीमानलाई सास फेर्न गाह्रो हुन थाल्यो । तर, श्रीमतीलाई श्रीमानले सास फेर्न नसकेको कुरा थाहा भएन । श्रीमती श्रीमानमाथि त्यतिबेलासम्म बसिरहिन् जबसम्म उनका सास बन्द भएन । यी दुईकी छोरी त्यतिबेला घरमै थिइन् । उनी दौडिएर बाहिर गएर एक छिमेकीलाई बोलाएर ल्याइन् । तर, त्यतिबेलासम्म श्रीमानको मृत्यु भइसकेको थियो । केही समयपछि महिलाले पनि श्रीमानको मृत्यु भइसकेको थाहा पाइन् ।

महिलाले आफूले श्रीमानलाई मार्च नचाहेको बताएकी छिन् । उनका अनुसार उनका श्रीमान धेरै बोलिरहेका थिए त्यसैले उनी श्रीमानलाई चुप गराउन चाहन्थिन् । यसैको लागि उनी श्रीमानको मुखमै बसिदिएकी थियन् । सुरुमा महिलामाथि हत्याको अभियोगमा मुद्दा चलाइएको थियो । तर, सुनुवाइको क्रममा उनीमाथि लगाइएको हत्याको अभियोग हटाएर उनलाई लापरवाही गरेर मृत्युको कारण बनेको आरोपमा मुद्दा चलाइएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ कार्तिक २४, शनिबार १५:५१
    • 56 views
    यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

    दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि…

    विस्तृत.....

    • २०८१ कार्तिक १३, मंगलवार ०६:१३
    • 62 views
    हप्तामा कतिपटक यौन सम्बन्ध राखेको राम्रो ?

    काठमाडौं । अहिले गाँस, बास र कपासपछि यौनलाई पनि आभारभूत आवश्यक्ताको रुपमा लिन थालिएको छ । यौन आधारभूत आवश्यकता हो भन्ने त सबैलाई थाहा छ तर, यौनसम्पर्क कति समयमा राख्नुपर्दछ भन्ने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *