कोरोना सङ्क्रमणका कारण वडाध्यक्षको निधन ।

  • समाचार
  • २०७८ जेष्ठ १३, बिहीबार १५:०४

कोरोना भाइरस सङ्क्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा विहिवार बिहान निधन भएको छ ।

दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गर्नुभयो ।

शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “झापामै शव व्यवस्थापन हुन्छ ।”

कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । शरीरमा अक्सिजनको मात्रा बढ्न नसकेपछि लामो समय उहाँलाई बिएण्डसी अस्पतालको सघन उपचारकक्षमा राखी उपचार भइरहेकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 17 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 14 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *