
विहीबार नवलपुरमा १ सय १९ जना संक्रमित निको हुँदा, १ सय १९ जना नै नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरका विभिन्न अस्पतालमा उपचाररत ११ जना र होम आइसोलेशनमा रहेका १०८ जना गरी १ सय १९ जना निको भएका हुन् । विहीबार गैडाकोटको ६३ जना, कावासोतीको ३० जना, देवचुलीको ८ जना, मध्यविन्दुको ९ जना, विनयी त्रिवेणीको ८ जना र अन्य १ जना गरी १ सय १९ जना निको भएका हुन् । त्यसैगरी विहीबार नवलपुरको गैडाकोटमा ५० जना देवचुलीमा २८ जना, कावासोतीमा १४ जना, मध्यविन्दुमा ५ जना, विनयी त्रिवेणीमा १७ र हुप्सेकोटमा ५ जना नयाँ संक्रमित थपिएका हुन् । नवलपुरमा दोस्रो लहर शुरु भए यता ४ हजार ४ सय ८२ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७ सय १७ जनामा पोजिटिभ देखिएको छ । ति मध्ये ३८ जनाको मृत्यु भएको छ भने १ हजार ५ सय ७० जना निको भएका छन् । नवलपुरमा अहिले १ हजार १ सय ९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । ति मध्ये २९ जना अस्पतालमा उपचाररत रहेका छन् भने अन्य होम आइसोलेसनमा रहेका छन् ।