
१. एक स्वस्थ मानिस प्रतिमिनेट औसत १७ पटक आँखा झिम्काउँछ । यो गणनाको आधारमा १ दिनमा करिब १६ हजार पटक आँखा झिम्किन्छ र बर्षमा ६० लाख पटक ।
२. आँखा करिब २० लाख भागहरू मिलेर बनेको हुन्छ ।
३. आँखाको कोर्निया शरीरको एक मात्र त्यस्तो तन्तु हो, जसमा रगत प्रवाह हुँदैन ।
४. एउटा आँखाको तौल करिब २८ ग्राम हुन्छ ।
५. आँखा खुल्ला राखेर हाछ्यूँ गर्न सम्भव हुँदैन ।
६. जन्मदेखि मृत्युसम्म आँखाको आकार परिवर्तन हुँदैन ।
७. भर्खर जन्मेको बच्चामा रुँदा पनि आँसु आउँदैन ।
८. हरेक पटक आँखा झिम्क्याउँदा आँखा करिब ०.३ सेकेन्डका लागि बन्द हुन्छ । यसको मतलब हाम्रो आँखा प्रतिदिन करिब ३० मिनेट झिमझिम गर्दा बन्द हुने गर्छ ।
९. आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल हुन्छ ।
१०. पृथ्वी समतल भएको भए आँखाले ५० किमी पर रहेको बलिरहेको बत्ती देख्ने क्षमता हुन्छ ।
११. मानिसको आँखाले १ करोड फरक रङ्ग छुट्याउन सक्छ ।