प्रहरी चौकी मै दुई समूहबीच खुकुरी हानाहान

  • समाचार
  • २०७८ जेष्ठ १४, शुक्रबार ०७:५९

स्थानीय युवाको दुई समूहबीच धरानमा प्रहरी चौकीमा खुकुरी हानाहान भएको छ ।

दुई समूहबीच भएको झडप रोक्न खोज्दा प्रहरी चौकीका इन्चार्ज घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एस.पी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो । यो सुहलाई पछ्याउँदै आएको अर्काे समूहले चौकी भित्र आक्रमण गर्न खोज्दा रोक्नेक्रममा चौकीका इन्चार्ज असइ सुमन दाहाल घाइते भएका छन् ।

धरान उपहानागपालिका वडा नं १५ मा रहेको अस्थायी प्रहरी चौकीमा यो घटना भएको हो । ७ जनाको समूहले चौकीका इञ्चार्ज दाहालमाथि खुकुरी प्रहार गरेको बताईएको छ ।

घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्न ७ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 26 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 19 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *