आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो

कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रजिअसहित जेठ ३० गते बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि ७ गतेसम्म थप्ने निर्णय गरेको थियो । थपिएको निषेधाज्ञामा भने अत्यावश्यक खाद्य सामग्री खरिद÷बिक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । उक्त सामानको ढुवानी भने राति ९ बजेदेखि बिहान ११ बजेसम्म मात्र गर्न पाइने छ ।

 

पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत, सेनीटरी, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइनेछ । अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी गर्न पाइने छ । त्यसका लागि साँझ ७ बजेसम्म मात्र खुला गरिएको छ । सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म चल्न दिने भनिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्यक मल, बीउ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीय रूपमा कामदार राखेर सञ्चालन गर्न भनिएको छ ।

 

निर्माण सामग्रीको ढुवानी भने राति ९ देखि बिहान ५ बजेसम्म मात्र गर्न पाइने छ । अनलाइनबाट पठनपाठन गर्न सकिनेछ । बैँक तथा वित्तीय संस्थाले सीमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्नेछन् । बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् । सहकारी संस्था र रेमिट साताको आइतबार र बिहीबार सञ्चालन गर्न दिइने आदेशमा उल्लेख छ । विवाहमा सात जना सहभागी हुन सक्ने र एउटा गाडी मात्रै प्रयोग गर्न सक्ने छन् तर पार्टी प्यालेसमा विवाह ब्रतबन्ध रोक लगाइएको छ । अन्य भीडभाडका गतिविधिमा भने पूर्ण रोक लगाइएको र बाँकी विगतको आदेशमा उल्लेख भएअनुसार हुनेछ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 25 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 18 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *