
एन सन्चार,श्रावण १।। नेपाल सरकारले सुरुवात गरेको कोविढ १९ विरुद्धको खोप अभियान कावासोती नगरपालीका १२ पिठौलीमा रहेको पिठौली स्वास्थ चौकीमा पनि शुरू गरियकाे छ ।
कावासोती नगरपालीकाको संयोजनमा कावासोती नगरपालीका ११ १२ र १३ गरि ३ वटा वडालाइ पाएक पर्ने गरि पिठौली स्वास्थ चौकीमा कोविढ खोप केन्द्र सन्चालन गरिएको हो ।
खोप अभियानको पहिलो दिन आज (शुक्रवार) ५५ वर्ष उमेर समुह माथीका जेष्ठ नागरिक , शिक्षक, कर्मचारी पत्रकार लगाएत २३२ जना पुरुष र ४४६ जना महिला गरि जम्मा ६७८ जनाले खोप सेवा लिएसगै खोप अभियान शनिवार पनि जारि रहने जनस्वास्थ निरिक्षक तथा पिठौली स्वास्थ चौकी प्रमुख इन्द्र बहादुर महतोले एन सन्चार लाइ जानकारी दिनुभयो ।
विस्तृत भिडियाेमा ।