माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नदिने

काठमाडौं । एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । हिजो बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

एमालेको यो निर्णय लगत्तै सोमबार बेलुका माधव नेपालसहितका २२ सांसदहरुबीच स्पष्टीकरणको जवाफ दिने कि नदिने भन्ने विषयमा छलफल भएको थियो । उक्त छलफलले जवाफ दिन जरुरी नरहेको निष्कर्ष निकालेको सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो ।

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकमा अध्यक्ष ओलीले एमालेका सांसदहरूले देउवालाई विश्वासको मत दिएर शर्मनाक र लज्जास्पद चरित्र देखाएको बताउनुभएको थियो । अध्यक्ष ओलीले देउवालाई भोट हाल्ने २२ जना नेता एमालेमा नफर्कने निष्कर्ष सुनाउँदै उनीहरूबिनै एमाले पार्टी चल्ने संकेत गर्नुभएको थियो ।

हिजो देखि जारी केन्द्रीय कमिटी बैठक रोकेर अध्यक्ष ओलीको निजी निवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो । उक्त बैठकमा देउवालाई भोट हाल्ने २२ जनालाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल भएको थियो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले फ्लोर क्रस गर्ने २२ जनालाई स्पष्टीकरण पत्र पठाएको भन्दै सम्भव त आज बस्ने केन्द्रीय कमिटी बैठकले उनीहरूमाथि गर्ने कारबाहीबारे निर्णय हुनसक्ने बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ३, बिहीबार २१:०६
    • 74 views
    नमूना सदरमुकाम निर्माण स्थलमा रूख कटान सुरू, पहिलो चरणमा ४७ रुख काटिदै

    कावासोती । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा ४७ वटा रुख काटिने भएका छ्न । पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्य ४७ वटा रुखको डिभिजन…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार ११:१५
    • 23 views
    आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी

    कावासोती । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *