चितवनमा एक पुरुषको शव फेला, गोली हानी हत्या गरेको आशंका

चितवन । चितवनमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१७ शारदानगरमा एक पसरुषको शव फेला परेको हो ।

शव बस्तीबाट करिब ३ सय मिटर परको सिमलडाँडादेखि डेरीचोक जाने बाटो नजिकैको घोलमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो ।

प्रहरीले टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा १ थान गोलीको खोका भेटिएकोले गोली लागेको पुरुषको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ ।

पैदलयात्रीले बाटोमा रगत देखेपछि घोलमा हेर्दा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

हत्या गरेर घोलमा शव फालिएको हुनसक्ने प्रहरीको आशंका छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले पनि टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थला एक थान गोलीको खोका समेत भेटिएको बताउनुभयो । घटनाको थप अनुसन्धान जारी रहेको थापाको भनाई छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 8 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 8 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *