अनलाइनहरुको गलत समाचार प्रति नेपाल भुतपुर्व सैनिक संघका पदाधीकारीहरुको ध्यानाकर्षण ।

  • समाचार
  • २०७८ श्रावण २५, सोमबार ०९:४३

नेपाली कांगे्रसको भरोसामन्द भातृसंस्था नेपाल भूतपूर्व सैनिक संघ हालै सगरमाथा अनलाईनले भूतपूर्व सैनिक संघ केन्द्रीय कार्यसमितिको बैठक तीन बर्षदेखि नबसेको गलत समाचार संप्रषणले नेपाल भूतपूर्व सैनिक संघका सम्पुर्ण परिवारजनलाई दूःखी तुल्याएको छ ।

यस संस्थाका केन्द्रीय अध्यक्ष कर्णेल धन बहादूर मास्की रानाले र नेपाल भूतपूर्व सैनिक संघ महिला विभाग केन्दी्रय अध्यक्ष लीला राना र यसै संघका केन्द्रीय पदाधीकारीहरुले खेद प्रकट गर्दै यस्तो भ्रमपुर्ण समाचार प्रचार नगर्न मिडिया कर्मीहरुलाई आग्रह गर्दछन् ।

नेपाल भूतपूर्व सैनिक संघको महाधिवेसन भएको चार वर्ष भयो यो धुव्रसत्य हो तर विडम्बना यस संघको बैठक नै बस्न सकेन भन्ने विषय शत प्रतिशत झुट्टा र गलत हो ।

यस संघको पूर्ण बैठक बार्षिक दुई पटक बस्दछ, यस्तो बैठक राजधानी बाहिर पनि गर्नुपर्छ जसको परिणाम संघको संगठन गर्न सजिलो हुन्छ भन्ने मनसायले यस संघले क्रमशः कावासोती तत्कालिन नवलपरासी हाल नवलपुर, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल र कास्कीको
पोखरामा केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न गरेको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शसांक कोइराला सहित केन्द्रीय सदस्यहरुले सम्बोधन एवंम पूर्व सैनिकहरुलाई निर्देशित गर्नुभएको थियो । अन्य बैठक नेपाली कांग्रेस पार्टी कायार्ल य सानेपामा भएका थिए ।
हालसम्म प्रत्येक महिना कार्यसम्पादन समिति र केन्द्रीय पधाधिकारीहरुको बैठक सानेपा, काठमाडौंमा निरन्तर बसिरहेको छ । अन्तिम पूर्ण बैठक २०७७ फागनु १० गते सानेपामा बसेको बैठकलाई नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखक ज्युले सम्बोधन÷निर्देशन गर्नुभएको थियो । यस बैठकमा ७३ जना पदाधिकारी तथा केन्द्रीय सदस्यहरु उपस्थित थिए ।

निर्धारित बैठक अनिवार्य रुपमा बसेको व्यहोरा जानकारी गराँउदै यस्तो भ्रमपुर्ण समाचारको पछाडी नलाग्न सम्पुर्ण पुर्व सैनिकहरुलाई यो संघ अनुरोध गर्दछ । पदाधिकारी÷कार्यसम्पादन बैठक आवश्यकता अनुसार महिनामा १–२ पटक पनि बस्दछ, साधारण परिस्थितिमा महिनामा १ पटक अनिवार्य रुपमा बस्दछ जसको माइनुट यस संघका महासचिवले लेखाजोखा गर्दछ र माइनुट कपि भूतपूर्व सैनिक संघको केन्द्रीय कार्यालयमा मौजुद भएको जानकारी यस संघले गर्दछ ।

यस्तो असत्य खवर मिडियामा दिनभन्दा पहिला नेपाल भूतपूर्व सैनिक संघको केन्द्रीय अध्यक्ष, कर्णेल धन बहादुर मास्की रानाबाट अथवा पदाधिकारी ज्युबाट सत्यतत्य बुझको भए गलत समाचार प्रशारण हुँदैन थियो । नेपाल भूतपूर्व सैनिक संघले देशमा दैवि प्रकोप होस् वा कुनै पूर्व सैनिक संघको परिवारलाई उपचार गर्दा धेरै खर्च लाग्ने भयो, यस्ता अवस्थामा पनि स्वतस्फुर्त रुपमा सहयोग र राहतमा जटुेका हुन्छन् ।

पीडितलाई आर्थिक सहयोग, जिन्सी सहयोग, प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिरहेको छ । यस संस्थालाई चलायमान नभएको र बैठक बसेको छैन भन्ने सींगो संस्थालाई बदनाम गर्न खोज्नु दुर्भाग्यपुर्ण हो र असत्य समाचारलाई यस संस्थाले घोर भत्र्सना गर्दछ । माघ २०७६ सालमा काभ्रेपलाञ्चोकका पहिरो पीडित जमादार तीर्थ प्रसाद हूमागाँई लाई आर्थिक, रासन र जिन्सी दिई नेपाल भूतपूर्व सैनिक संघ केन्द्रीय कार्यसमितिले सहयोग गरेको छ ।

सो सहयोग केन्द्रीय अध्यक्ष कर्णेल धन बहादूर मास्की रानाको टोलीले काभ्रेनै गएर नेपाली कांग्रेस जिल्ला सभापति श्री मधु आचार्यको उपस्थितिमा हस्तान्तरण गर्नुभएको थियो ।
हालको कोभिड–१९ को अवस्थामा नेपाल भूतपूर्व सैनिक संघ केन्द्रीय कार्यसमितिले हिमाल, पहाड, तराई, भारत, बेलायतमा रहेका पूर्व सैनिकहरुको अवस्था, समस्या बुझ्न Zoom meeting हरु गरी उनिहरुको समस्या÷सुझाव संकलन गरी समस्या÷समाधान गरको छ । पूर्व सैनिकहरु र तिनका परिवारहरु अलि लापरबाही प्रवृतिका हुनाले तिनिहरुलाई कोभिडको नियम पालन गर्नु भन्ने निर्देशन Zoom meeting द्धारा पटक पटक केन्द्रीय कार्यसमितिले दिएको जानकारी गराँउदछौ ।

एक साता अघि केन्द्रीय अध्यक्ष कर्णेल धन बहादूर मास्की रानाको नेतृत्वमा कावासोतीको स्थानीय देवचुली टेलिभिजनबाट टि.भि. कार्यक्रम द्धारा “ भूतपूर्व सैनिक संघले पूर्व सैनिकका परिवारहरुलाई कोभिड १९ बाट सुरक्षित रहन आग्रह ” भन्ने कार्यक्रम टेलिकास्ट गरेको थियो, जसलाई विश्वभरीका पूर्व सैनिकहरुले हेरेका थिए ।

उक्त कार्यक्रमको नारा “ सचेत रहौँ । आफ्नो सुरक्षा आँफै गरौँ । घरभित्रै बसौँ । कोभिड १८ को नियमको शतप्रतिशत पालना गरौँ ” भन्ने थियो । भुतपुर्व सैनिक संघ परिवारका स्थानीय हवल्दार भवराज गुरुङ्गको कोरोनाबाट निधन भएको सुपुत्री श्री विन्दु गुरुङ्गले पनि आफु समेत आफ्नो परिवारको चार जना संक्रमित भएको र उहाँहरुको उपचार भएको अनुभव उक्त अन्तरवार्ता सामेल भएको थियो ।

टि.भि. अन्तरवार्तामा केन्द्रीय अध्यक्ष कर्णेल धन बहादूर मास्की राना, भूतपूर्व सैनिक संघ महिला विभागका केन्द्रीय अध्यक्ष श्री लीला राना, कन्ेद्रीय सदस्य सुबेदार मेजर प्रेम बहादूर राना, नवलपुर जिल्लाका सचिव क्याप्टेन लेखनाथ तिवारी र श्री विन्दु गुरुङ्गले भाग लिएका थिए । यो अन्तरवार्ता अत्यन्त लाभदायक र समाजले मनपराएको कार्यक्रम भएको छ ।
यस संघले भारतीय सेनाध्यक्ष जनरल मनोज नरवाणे र मेनेजिङ डाइरेक्टर, ECHS ( Major General लाई पत्राचार गरी पूर्व सैनिक र तिनका परिवारहरुका लागि कोरोनाको खोपको माग गरेको छ र उहाँहरुले चांडैनै माग पुरा गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

भारतीय दुतावासका सहचरी कर्णेल अमित शर्मा ज्यु सँग पनि समन्वय गरेर कोरोना खोपको माग र नेपाल–भारत सीमा वरपर अवस्थित पूर्व सैनिक तथा तिनका परिवारलाई सीमा पारी गई खोप लगाउने बन्दोबस्त गरिदिन नेपाल भूतपूर्व सैनिक संघले जानकारी दिएको छ ।

मिडियामा आएको नेपाल भूतपूर्व सैनिक संघले महाधिवेशन पछि बैठक नै नगरेको असत्य समाचारलाई यस संघले आफुलाई बदनाम गनर्,े साख गिराउने कार्य हो भन्ने ठहर गरेको छ ।

यस समाचार प्रति आपत्ति जनाउँदै भविष्यमा यस संस्थालाई बदनाम गर्ने समाचार प्रशारण नगर्न सचेत गराँउदै भ्रमपुर्ण समाचारको भ्रत्सर्ना गर्दछ । भविष्यमा गलत समाचार संप्रेषण नगर्न नेपाल भूतपूर्व सैनिक आग्रह गर्दछ ।

 

कर्णेल धन बहादूर मास्की राना

अध्यक्ष नेपाल भूतपूर्व सैनिक संघ

श्री लीला राना 

 महिला विभाग नेपाल भूतपूर्व सैनिक संघ नेपाल

श्री टोप बहादूर मल्ल 

केन्द्रीय कोषाध्यक्ष नेपाल भूतपूर्व सैनिक संघ 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *