चाणक्यका ६ नीति : सफलताका सुत्र यी हुन्

काठमाडौं । चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् ।

चाणक्यले यस्ता कुरा बताएका छन्, व्यक्तिले जीवनमा कहिले हानी वा नोक्सानको सामना गर्नुपर्दैन् । उनका यी नीतिहरुलाई लागु गर्ने हो भने मानिस जस्तासुकै नोक्सानबाट बच्न सक्छ । चाणक्यका ६ नीति ख्याल राख्दा जीवनमा १ रुपैया पनि घाटा हुन्न ।

आफ्नै पहिचान

मानिसलाई आफ्नो योग्यता र कुशलताको पहिचान हुनुपर्छ। योग्यताले नभ्याउने काम गर्नुहुन्न । आफूलाई सुहाउने र क्षमता पुग्ने कार्य गर्दा सफलता हासिल हुन्छ ।

मित्र र शत्रुको पहिचान

मानिसले आफ्ना मित्र र शत्रु चिन्न सक्नुपर्छ । हामीले सच्चा मित्र र शत्रु चिन्यौ भने हानीबाट बच्न सकिन्छ । जीवनमा मित्रका भेषमा शत्रु पनि आउँछन् । यिनीहरुबाट बच्नुपर्छ । शुत्रलाइ चिनेर उनीहरुबाट सधै बच्नुमा भलाई हुन्छ ।

स्थानको पहिचान

मानिसलाई आफू बसेको स्थानका बारेमा पहिचान हुनुपर्छ । त्यहाँको वातावरण र परिस्थितिले धेरै कुरा तय गर्छन्। यदि खराव मानिस बस्दछन् भने सावधान रहनुपर्छ भने वातावरण स्वास्थ अनकुल छैन् भने त्यसबाट बच्न पहिलै प्रवन्ध गर्नुपर्छ ।

समयको पहिचान

जोसुकै समझदार मानिसले पहिचान गर्दछ हाल कस्तो समय चलिरहेको छ । सुख दिन छन कि दुःखमा जिन्दगी चलिरहेको छ ? यसकै आधारमा काम गर्नुपर्छ । दुःखका बेला धैर्यता नगुमाउनु र समझदारीका साथ अगाडी बढ्नु र सुखमा बेलामा लापरवाही गर्नुहुँदैन् ।

गुरु वा स्वामीको चाहनाको पहिचान

मानिसलाई आफ्नो गुरु वा स्वामीको चाहनाको पहिचान हुनुपर्छ। उनी जे काम गराउन चाहन्छन् त्यही गर्नुपर्छ । यसो गर्दा केही अफ्ट्यारोको सामना त गर्नुपर्ला र यही सहि नीति हो ।

आय र व्ययको पहिचान

मानिसलाइ आफ्नो आय–व्यय अर्थात कमाइ–खर्चको पहिचान हुनुपर्छ । आफ्नै कमाई अनुसार खर्च गर्ने हो । आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ कार्तिक २४, शनिबार १५:५१
    • 59 views
    यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

    दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि…

    विस्तृत.....

    • २०८१ कार्तिक १३, मंगलवार ०६:१३
    • 66 views
    हप्तामा कतिपटक यौन सम्बन्ध राखेको राम्रो ?

    काठमाडौं । अहिले गाँस, बास र कपासपछि यौनलाई पनि आभारभूत आवश्यक्ताको रुपमा लिन थालिएको छ । यौन आधारभूत आवश्यकता हो भन्ने त सबैलाई थाहा छ तर, यौनसम्पर्क कति समयमा राख्नुपर्दछ भन्ने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *