
एजेन्सी – एक रहस्यमय विषय मानिने सपना हामी सबैले देखिरहेका हुन्छौँ। धार्मिकरुपमा पनि सपनाको आफ्नो महत्व रहेको बताइन्छ। मानिसहरु सपनाले भएका वा हुनसक्ने घटनाबारे जानकारी गराउँदछ भन्ने विश्वास गर्दछन्।
१. सपना धेरै समयसम्म यादमा रहँदैन
विज्ञहरूका अनुसार हामीले देखेका सपना सबै सझ्नि सक्दैनौँ। सपनाको करीब ९० प्रतिशत जति हिस्सा हामी ब्यूझिँदा बिर्सिने गर्छौं। यो मानिसअनुसार कसैले धेरै सम्झिन सक्छन् भने कसैले कम मात्रामा सम्झिन्छन्। तीमध्ये कतिपय सपना त पूर्ण रुपमा बिर्सिन्छौँ।
२. आँखा नदेख्ने मानिसले पनि सपना देख्छ
जन्मदेखि आँखा नदेख्ने मानिसहरूले पनि सपना देख्छन्। यो अचम्मको कुरा हो। तर उनीहरुको सपना सामान्य मानिसको भन्दा फरक हुने बताइन्छ।
३. सपनामा देखिने अनुहार परिचित हुन्छन्
हामीलाई सपनामा देखिएका व्यक्ति नचिनेको वा नदेखेको जस्तो लाग्छ तर मनोविज्ञानका अनुसार हामीले पहिलेदेखि नै जानिसकेका‚ देखिसकेका हुन्छौँ। दिमागमा याद नहुनु फरक कुरा हो। हामीले सपनामा देखेका मुहारहरु त्यसभन्दा अगाडि नै हामीले हाम्रो जीवनमा देखिसकेका हुन्छौं।
४. रङ्गहीन सपना
हामीले देख्ने सपनाहरु प्रायः सादा हुन्छन् अर्थात् रङ्गहीन। कतिपय मानिसहरूले आफूले देखेको सपना रङ्गिन थियो कि सादा थियो भन्ने छुट्याउन सक्दैनन्। मनोवैज्ञानिकका अनुसार उमेर बढ्दै गएपछि सपनाहरु बढी नै सादा हुँदै जान्छन्।
५. वास्तविक जीवनका घटनालाई संकेत गर्छ
कतिपय सपनाहरु सांकेतिक हुन्छन्। अर्थात् वास्तविक जीवनका घटनाहरुबारे जानकारी गराउने वा स्मरण गराउने खालका हुनछन्। सपनामा देखिएका कतिपय घटनाहरू वास्तविक जीवनसँग पनि मेल खाइरहेका हुन्छन्।
६. आँखाको चालमा परिवर्तन
हामीले सपना देख्दा आँखाको चालमा परिवर्तन आउँछ। सपना देख्दा आँखा छिटो–छिटो झिम्किन्छ। सामान्य अवस्थामा भन्दा यसको गति तीव्र हुन्छ। यस्तो बेलामा हाम्रो बढी नै दिमाग सक्रिय हुने गरेको पाइन्छ।
७. एकै रात ४–५ वटा सपना
मनौवैज्ञानिकका अनुसार मानिसले एकै रातमा फरफरक संख्यामा सपना देख्छन्। सामान्यतः स्वस्थ मानिसले हरेक रात ४ देखि ७ वटासम्म सपना देख्ने गर्छ।
८. मानिसले मात्र हैन जनावरले पनि देख्छन् सपना
हामीलाई लागिरहेको हुन्छ, सपना मानिसले मात्र देख्छन्। तर अनुसन्धानकर्ताहरु जनावरले पनि सपना देख्ने अनुमान लगाउन सकिने बताउँछन्। जनावरहरु निदाएको बेला हामीले पनि असामान्य चाल ख्याल गर्न सक्छौं, त्यो सपनाको प्रभाव हुन सक्छ।
बिरालाे अथवा कुकुरले निदाइरहेका बेला पनि विभिन्न हाउभाउ देखाइरहेका हुन्छन्। यकिन नभएपनि निदाएको बेला उनीहरूको दिमागमा केही न केही चलरहेकै हुने बताइएको छ। कसैले खुट्टा चलाउँछन्‚ कतिपय रुन्छन्‚ केही छट्पाटाउँछन्। यो उनीहरुले सपनामा देखेको क्रियाको प्रतिक्रिया हुन सक्छ।
तपाई सपनामा सर्प देख्नुहुन्छ ? तपाईमा अब यी चकित हुने ६ कुराको लक्षण हो
सपना कहिलेकाही विपनामा साकार हुन्छ । सपना कहिलेकाही संकेत लिएर आउँछ । आज हामी यो बारेमा खुलाउँदै छौ । हामीले सपनामा के देख्न सक्ने कसैको नियन्त्रणमा छैन । सपना एउटा यस्तो सत्य हो जुन सबैका लागि सामान्य छ र हरेक व्यक्तिले जीवनमा कहिलेकाहीं सपना अवश्य देख्छ । आज हामी कुरा गर्दैछौं सर्पको सपनाको बारेमा ।
१, शारीरिक सम्बन्धको जीवन र सर्प : केही अध्यनहरुमा यो पनि भनिएको छ कि तपाईले सपनामा सर्प देख्नु र तपाईको शारीरिक सम्बन्धको जीवनको निकैं नजिकैको सम्बन्ध रहेको छ ।
यदि सपनामा सर्प तपाईंको ओछ्यानमा देखिन्छ वा सर्पसँग जोडिएको अन्य पुरात देख्नुभयो भने त्यसको सिधै असर तपाईंको शारीरिक सम्बन्ध ऊर्जासँग हुन्छ । साथै सपनामा सर्प देख्नाले तपाई आफ्नो शारीरिक सम्बन्धको साथीका बारेमा धेरै कुराहरु जान्न सक्नुहुन्छ भन्ने विश्वास छ ।
२, सर्प र समृद्धि : पुरानो समयमा, सर्पलाई सद्धृदिसँग जोडेर हेर्ने गरिएको थिँयो । यस विश्वासको अनुसार, यदि तपाईंले आफ्नो सपनामा सर्प देख्नुभयो भने, तपाईंले चाँडै सफलता र पैसा पाउँदै हुनुहुन्छ । तपाईले थालेको काममा तपाई सफलताको नजिक हुनुहुनछ । यर्सथ तपाईंले सफलताको मार्गमा आउँने सबै बाधाहरु पार गर्नुभयो ।
३, सर्प र चेतावनी : सपनामा सर्पको बारेमा अर्को धारणा यो हो कि तपाईंको वरिपरि कसैले त्यस्ता व्यक्ति छ, जसलाई तपाईले अत्याधिक मात्रामा विश्वास गर्नुहुँदैन । दोस्रो तथ्य के हो भने तपाईं कुनै पनि सत्यलाई बेवास्ता गरेर गलत मार्गमा अगाडि बढ्दै हुदैँन, यसलाई पनि जान्नुहोस्।
४, सर्प र आध्यात्मिकता : पूर्वी देशहरूमा प्रचलित विश्वासका अनुसार, सपनामा सर्प आउँनु भनेको तपाईंको कुन्डलिनी जागृत हुनु हो । तपाईंको शरीरले नयाँ प्रकारको ऊर्जा पाउँदैछ, जसमा तपाईंले सफलताको मुकुट प्राप्त गर्न सक्नुहुनेछ। सपनामा सर्प हुनुको अर्थ आध्यात्मिक उपलब्धिहरु संग पनि जोडिएको छ।
५, सपनामा सर्पले क्षति पुर्याउनु : यदि सपनामा तपाईलाई सर्पले क्षति पुर्यायो वा कोशिस गर्दैछ भने, यसको अर्थ हुन्छ तपाईंले कुनै पनि संघर्ष वा जीवनमा चलिरहेको परिस्थितिहरूलाई यथास्थितमा छोड्नु पर्छ । भविष्यमा यो स्थिति एक बोझ हुन सक्छ किनभने, यसको साथ बलियो रूपमा संलग्न हुनु तपाईको लागि बोझ भन्दा अरु केही हुँदैन ।
६, सर्प र मन पर्ने वा नपर्ने : वातावरणको अनुसार तपाईं जहाँ बस्नुहुन्छ, सपनामा सर्प आउनुको अर्थ फरक हुन सक्छ। तर सर्पको बारेमा तपाईं कसरी सोच्नुहुन्छ ? चाहे तपाईं तिनीहरूसँग डराउनु हुन्छ वा हुँदैन, तपाईंको सपना पनि यस कुरामा निर्भर गर्दछ । किनकी यदि तपाईं सर्पदेखि डराउँनुहुन्छ भने, सपनामा सर्प देखेर तपाईंको अनुभव कुनै सर्प पालेर बसेको मानिसको भन्दा फरक हुन सक्छ । यो भनिएको छ, हामी अक्सर हाम्रो सपनाहरु मा त्यहि चीजहरू देख्छौं, जसको हामी वरिपरि छौं वा त्यसका बारेमा हामी अधिक सोच्न सक्छौं।